Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियामा निधन भएका नेपाली विद्यार्थीको शव स्वदेश फिर्ताका लागि सहयोग संकलन सुरु, यसरी गरौँ सहयोग !

अष्ट्रेलियामा निधन भएका नेपाली विद्यार्थीको शव स्वदेश फिर्ताका लागि सहयोग संकलन सुरु, यसरी गरौँ सहयोग !


ब्रिजबेन । अष्ट्रेलियाको सनसाईनकोष्टमा निधन भएका नेपाली विद्यार्थीको शव नेपाल पठाउन एनआरएनए क्वीन्सल्यण्डले गो फण्ड मी सहयोग अभियान सुरु गरेको छ । नेपालस्थित बुटवल स्थायी घर भई हाल सनसाईकोष्टमा बस्दैआएका २२ वर्षीया खगेन्द्र भुसाल बुधबार बिहान आफ्नै कोठामा बेहोस अवस्थामा भेटिएर नजिकैको अस्पताल लग्दा चिकित्सकले मृत घोषणा गरेका थिए ।

परिवारको चाहाना बमोजिम मृतक खगेन्द्रको शब नेपाल पठाउन लागिएको एनआरएनए क्वीन्सल्यण्डले जानकारि दिएको छ । सधै खुसी र सुखी देखिने स्वभावका खगेन्द्र आफन्त र साथीभाईलाई गाह्रो अफ्ठेरो पर्दा सहयोग मद्दत गर्ने हुनुहुन्थ्यो एनआरएनए क्वीन्सल्यण्डले गो फण्ड मी अभियानका क्रममा लेखेको छ । आफ्ना दिदीबहिनीको भविष्य र राम्रो शिक्षाको लागि सधैं मेहनत गर्दै आउनुभएका खगेन्द्रको शव स्वदेश फिर्तामा १५ हजार अष्ट्रेलियन डलर लाग्ने भन्दै सहयोगका लागि आह्वान गरिएको एनआरएनए क्वीन्सल्यण्डका सचिव अतुल खड्काले जानकारी दिनुभयो । गोफण्डमीमा सहयोग गर्न यो लिंकमा जानुहोस् ।

सहयोग गर्न इच्छुकहरुले एनआरएनए अष्ट्रेलियाको खातामा सिधै बचत गर्न समेत सक्नुहुनेछ जसका लागि एनआरएन अस्ट्रेलिया हेल्पडेस्क खाता यसप्रकार छः BSB : ०३२००६, खाताः ४९३२०१

अहिलेसम्म प्राप्त सहयोग रकम बारे जानकारीका लागि यो लिंकमा जानुहोस्



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ