Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking News‘कुमारी आमा’ निहारिकाको बच्चा र आरोपी शिवराजको डीएनए ‘म्याच’, फैसलाको प्रतिक्षा !

‘कुमारी आमा’ निहारिकाको बच्चा र आरोपी शिवराजको डीएनए ‘म्याच’, फैसलाको प्रतिक्षा !


काठमाडौं । ‘कुमारी आमा’ निहारिका राजपूतका छोराको डीएनए आरोपी शिवराज श्रेष्ठसँग ‘म्याच’ भएको छ । उच्च अदालत जनकपुरका रजिष्ट्रार खड्गराज अधिकारीले राष्ट्रिय विधिविज्ञान प्रयोगशालामा गरिएको परीक्षण रिपोर्टमा डीएनए मिलेको पुष्टि गर्नुभएको हो ।

निहारिकाको माग अनुसार अदालतबाट अन्तरिम आदेश भएपछि दुई महिनाअघि बच्चा र आरोपीको डीएनए टेस्ट गरिएको थियो । उक्त टेस्टको रिपोर्ट आइसके पनि सार्वजनिक गरिएको छैन । निहारिकाले रिपोर्ट छिटो सार्वजनिक गर्नुपर्ने माग राख्दै आएकी छिन् । निहारिकाले आफूमाथि शिवराजले बलात्कार गरेर बच्चा जन्मिएको आरोप लगाउँदै न्यायका लागि लामो समयदेखी संघर्ष गर्दै आउनुभएको छ ।

सुरुआतबाट निहारिकाको मुद्दा हेर्दै आएकी अधिवक्ता रिङ्कु यादवले रिपोर्टमा बच्चा र शिवराजको डीएनए ९९.९९ प्रतिशत मिलेका कारण जैविक हिसाबमा शिवराज श्रेष्ठ नै बच्चाको बुबा हो भन्ने पुष्टि भएको बताउनुभयो । निहारिकाको मुद्दा हाल उच्च अदालत जनकपुरमा विचाराधीन छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ