Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaसिड्नीको क्याफे ब्राण्डले तिर्यो ४ लाख ७५ हजार डलर जरिवाना, कारण रहेछ यस्तो !

सिड्नीको क्याफे ब्राण्डले तिर्यो ४ लाख ७५ हजार डलर जरिवाना, कारण रहेछ यस्तो !


ब्रिजबेन । अष्ट्रेलियाको सिड्नीमा रहेको एउटा लोकप्रिय क्याफे ब्राण्डमाथी सरकारले ४ लाख ७५ हजार २०० हलर जरिवाना तिराएको छ । सिड्नीमा सञ्चालित उक्त क्याफेले इन्टर्नशिप व्यवस्थाको आडमा ताइवानी विद्यार्थीमाथी श्रम शोषण गरेको फेयरवर्क अम्बुडस्म्यानको उजूरीका आधारमा संघीय अदालतले यस्तो जरिवाना गराएको हो ।

संघीय अदालतले सिड्नीमा राम्रो ब्राण्ड बनाएको कफी ब्रान्ड अन्तर्गतको कारखाना र क्याफेहरू सञ्चालन गर्ने अष्ट्रेलियाको कम्पनीमाथी नै कारबाही प्रक्रिया अघि बढाएको हो । यो क्याफेमाथी सन् २०१६ जुलाई र २०१७ जून को बीचमा आठ ताइवानी विद्यार्थीहरूमाथी ४ लाख २९ हजार ३९३ डलर कम भुक्तानी गरेर अष्ट्रेलियाको कार्यस्थल कानून उल्लङ्घन गरेको आधारमा जरिवाना लगाइएको थियो । ताइवानमा रहेको कम्पनीको चेन क्याफेका रुपमा सञ्चालित यो क्याफेले विद्यार्थीहरूलाई इन्टर्नको रूपमा अष्ट्रेलिया भित्र्याउने र कानुन अनुसारको भुक्तानी नदिएर भोग्नुपरेको यो जरिवाना दोश्रो ठूलो अदालती दण्ड भएको बताइएको छ । फेयरवर्क अम्बुडस्म्यानले दर्ता गराएको मुद्धामध्ये पाँचौ उच्च दण्ड भएको बताईएको छ ।

भाषागत समस्या भएका २० देखी २२ वर्ष उमेर समूहका विद्यार्थीलाई इन्टर्नशिपले सिडनीमा रहेका कारखाना र खुद्रा पसलहरूमा प्रति हप्ता ६० देखि ७० घण्टा सम्म काम गर्नका लागि विद्यार्थीहरूलाई प्रति महिना १ हजार ६५० डलर देखी १ हजार ७५० को बीचमा भुक्तानी दिने सहमति गरेको थियो । प्रति विद्यार्थी १२ महिना भन्दा कम अवधिमा ५० हजार २१३ र ५८ हजार २४८ बीमा भुक्तानी गरिएको भन्दै सन् २०२१ मा फेयरवर्क अम्बुडस्म्यानमा उजूरी परेपछि कानुनी कारबाही सुरु गरिएको थियो । अनुसन्धानपछि भने क्याफेले कानुन अनुसारको भुक्तानी गरेको थियो । फेयरवर्क अम्बुडस्म्यानले सान्ड्रा पार्करले अष्ट्रेलियामा कुनै पनि रोजगारदाताले जुनकुनै भिसा बाहकलाई कानुन अनुसारको पारिश्रमित नदिएमा कानुनी कारबाही भोग्नुपर्ने चेतावनी दिनुभएको छ । कानुन अनुसारको तलब र सेवा सुविधा नदिने जुनकुनै व्यवसायी भएपनि अष्ट्रेलियाली कार्यस्थल कानुन अनुसार कारबाहीको भागिदार हुने पार्करले बताउनुभयो । तलब, सेवा, सुविधा र अधिकारको बारेमा चिन्ता भएका कुन फेयरवर्क अम्बुडस्म्यानमा सम्पर्क गर्न आग्रह गरिएको छ ।

यता, ताइवानको ताइपेई सिटी युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजीका विद्यार्थी र विश्वविद्यालयसँग ताइवानमा रहेको कमेस्टिबल्स मास्टर कम्पनी लिमिटेड र क्याफे सञ्चालक संस्थाबीच ‘इन्टर्नशिप’ व्यवस्थामा भएको सहमति अनुसार काम गर्ने छुट्टी भिसामा अष्ट्रेलिया आएका विद्यार्थी ठगिएको पाइएको छ । न्यूनतम ज्याला, ओभरटाइम, जरिवाना, वार्षिक बिदाको सुविधा र सेवानिवृत्ति लगायतका सेवा सुविधामा क्याफे ब्राण्डबाट अन्या भएको ठहरपछि जरिवानाको कारबाही गरिएको न्यायाधीस रोबर्ट ब्रोमविचले जानकारि दिनुभयो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ