Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalनेपालको सरकारी खातामा २ खर्ब मौज्दात, यस्ता छन आम्दानीका श्रोत !

नेपालको सरकारी खातामा २ खर्ब मौज्दात, यस्ता छन आम्दानीका श्रोत !


काठमाडौं । चालु आर्थिक वर्ष २०७९-०८० को पहिलो तीन महिनासम्म सरकारी खातामा १ खर्ब ९५ अर्ब ६२ करोड रुपैयाँ बराबरको नगद मौज्दात रहेको पाइएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांकले राष्ट्र बैंकमा रहेको नेपाल सरकारका विभिन्न खातामा करिब २ खर्ब बराबरको मौज्दात रहेको देखाएको हो ।

२०७९ असार मसान्तसम्म सरकारी खातामा २ खर्ब २७ अर्ब ६९ करोड रुपैयाँ मौज्दात रहेको थियो । प्रदेश सरकारहरुले ३४ अर्ब ३८ करोड रुपैयाँ बराबरको स्रोत प्राप्ति गरेका छन भने उनीहरुको खर्च २० अर्ब ९९ करोड रुपैयाँ रहेको छ । प्राप्त गरेको स्रोतमध्ये संघीय सरकारले प्रदेश सरकारलाई हस्तान्तरण गरेको अनुदान र विभाज्य कोषबाट बाँडफाँट हुने राजस्व समेत २३ अर्ब ६६ करोड रुपैयाँ रहेको छ । प्रदेश सरकारहरुले परिचालन गरेको राजस्व र अन्य स्रोतबाट १० अर्ब ६४ करोड संकलन गरेका छन् ।

संघीय सरकारले तीन महिनासम्म २७८ अर्ब १७ करोड रुपैयाँ खर्च गरेको छ । यसमा चालु खर्च २२३ अर्ब ७५ करोड, पूँजीगत खर्च १९ अर्ब ६८ करोड र वित्तीय व्यवस्थामा ३४ अर्ब ७३ करोड रुपैयाँ खर्च भएको छ । यस अवधिमा सरकारले राजस्वबाट २०८ अर्ब ५८ करोड रुपैयाँ संकलन गरेको छ । योमध्ये १८९ अर्ब ३८ करोड कर र १९ अर्ब २० करोड संकलन भएको बताइएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ