Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियामा साइबर हमलाको जोखिम, १ लाख २० हजार डलर कमाइ हुने क्षेत्रमै कामदार अभाव !

अष्ट्रेलियामा साइबर हमलाको जोखिम, १ लाख २० हजार डलर कमाइ हुने क्षेत्रमै कामदार अभाव !


ब्रिजबेन। लगातार साइबर आक्रमणको सामना गर्नुपरिरहेको अष्ट्रेलियामा साइबर सेक्युरेटीको क्षेत्रमा काम गर्ने जनशक्ति अभावको सामना गर्नुपर्ने प्रक्षेपण गरिएको छ। अस्टसाइबरको द साइबर सेक्युरिटी सेक्टर कम्पिटिटिभनेस प्लानले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनले सन् २०२६ सम्म देशभर ३ हजार साइबर सुरक्षाको क्षेत्रमा काम गर्ने जनशक्तिको अभाव हुने आँकलन सार्वजनिक गरेको हो ।

जनशक्ति अभावको प्रक्षेपण गरिदैगर्दा पछिल्लो पाँच वर्षमा साइबर आक्रमणको दर पनि दोब्बर हुने आँकलन गरिएको छ । प्रतिवेदनमा जनशक्ति अभावको मुख्य कारण लगानीको अभाव भएको उल्लेख छ । अष्ट्रेलियाली साइबर सुरक्षा स्टार्टअपहरूले अन्तर्राष्ट्रिय तुलनामा ३०० गुणा कम सहायता प्राप्त गरेको औल्याइएको छ । अष्ट्रेलियामा साइबर सुरक्षाको क्षेत्रमा काम गर्नेहरूको वार्षिक कमाइ १ लाख २० हजार डलर हुने गरेको छ । सिकको डाटा अनुसार सुरूवाती चरणमा यो क्षेत्रमा प्रवेश गरेकाहरूले १ लाख डलर र अनुभवीहरूले १ लाख ६० हजार डलरसम्म कमाउँदैआएका छन्। अष्ट्रेलियन साइबर विक २०२२ मा सार्वजनिक डाटाले प्रत्येक ७ मिनेटमा एक जनाले साइबर अपराधको रिपोर्ट गर्नेगरेको उल्लेख छ । गत आर्थिक वर्षमा मात्रै अष्ट्रेलियाको साइबर ब्युरोमा ७६ हजार वटा साइबर सुरक्षा सम्बन्धि उजुरी परेको बताइएको छ ।

अष्ट्रेलियामा पछिल्लो एक महिनामै २ ठूला साइबर अपराधका घटना भएका छन्। अप्टस ह्याकिङ प्रकरणमा १ करोड प्रभावति हुँदा मेडबैंक ह्याकिङमा ९७ लाख ग्राहकहरूको विवरण चोरी भएको छ । साइबर हमलाको जोखिम उच्च बन्दैगर्दा जनशक्ति अभावको आँकलनले नागरिकस्तरमा झनै संशय पैदा गरिदिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ