Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपालमा प्रदेश र प्रतिनिधि सभा सांसद छान्न ६१ प्रतिशत मतदान ,४ दिनमा सबै नतिजा आउने !

नेपालमा प्रदेश र प्रतिनिधि सभा सांसद छान्न ६१ प्रतिशत मतदान ,४ दिनमा सबै नतिजा आउने !


काठमाडौं । आइतबार सम्पन्न नेपालको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा ६१ प्रतिशत मतदान भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आयोगको प्रणालीमा प्रविष्ट भएको विवरण अनुसार ६१ प्रतिशत मतदान भएको जानकारी गराउनु भएको हो ।

सबै विवरण प्रविष्ट हुँदा केही प्रतिशत थप हुन सक्ने आशा गरिएको थपलियाले बताउनुभयो । आयोगले अनुमान गरेको भन्दा निकै थोरै मतदान भएको पाईएको छ । मतदान सुरु हुदैगर्दा प्रमुख निर्वाचन आयुक्त थपलियाले ७० प्रतिशत बढी मतदान हुने बताउनुभएको थियोे ।

यस्तै धेरै स्थानमा शान्तिपूर्ण रुपमा मतदान भएकोमा सुर्खेत, नवलपरासी पूर्व, गुल्मी र बाजुरा जिल्लाका १५ स्थानमा मतदान स्थगित भएको छ । सुर्खेत, नवलपरासी पूर्व र गुल्मी जिल्लाका एक/एक वटा मतदान स्थलमा स्थगित भएका छन् भने बाँकी बाजुराका मतदान स्थलमा स्थगित भएका हुन् । निर्वाचनका क्रममा बाजुरामा एक जनाको मृत्यु नै भएको  छ । केही स्थानको मतगणना आजबाटै सुरु गरिएपनि धेरै स्थानमा सोमबारदेखि गरिनेछ । सबै नतिजा ४ दिन भित्रै आउने निर्वाचन आयोगले जानकारी दिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ