Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaविश्वकपको उद्घाटन खेलमा आयोजक कतार इक्वेडरसँग २–० ले पराजित !

विश्वकपको उद्घाटन खेलमा आयोजक कतार इक्वेडरसँग २–० ले पराजित !


काठमाडौं । आयोजक कतारलाई पराजित गर्दै विश्वकप फुटबलमा इक्वेडरले राम्रो सुरुवात गरेको छ । आइतबार रातीको उद्धघाटन खेलमा कतार इक्वेडरसँग २–० ले पराजित भएको हो ।

इक्वेडरलाई जिताउन दुवै गोल इनर भ्यालेन्सियाले गर्नुभएको थियो । १६ औं मिनेटमा पेनाल्टीमार्फत पहिलो गोल गर्नुभएका भ्यालेन्सियाले ३१ औं मिनेटमा टिमको अग्रता दोब्बर पार्नुभएको थियो । कतारका प्रशिक्षक फेलिक्स साञ्चेजले ६ महिना लामो तयारी गरेको भए पनि कतारले तयारी अनुसारको नतिजा निकाल्न नसकेको बताउनुभएको छ । कतारका खेलाडी आफ्नै घरेलु मैदानमा नर्भस देखिएका थिए। अफ्रिकी कप अफ नेसन्स च्याम्पियन सेनेगेल र युरोपको शत्तिशाली नेदरल्याण्ड्स रहेको समूहमा परेको कतारलाई इक्वेडरसँगको खेल सहज मानिएको थियो । तर कतारले आशा गरे अनुसार खेल्न सकेन ।

भ्यालेन्सिया कतार विश्वकपको पहिलो गोलकर्ता बन्दै इक्वेडरलाई जिताउँदा कतार उद्धघाटन खेलमा हार्ने पहिलो आयोजक राष्ट्र बनेको छ । यसअघीका विश्वकपमा आयोजक राष्ट्रले उद्धघाटन खेल हारेका थिएनन ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ