Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaनेपालमा संसद बन्नेहरुको भाग्य परिक्षा, रवीले घण्टी बजाउँदा यस्तो आउँदैछ परिणाम !

नेपालमा संसद बन्नेहरुको भाग्य परिक्षा, रवीले घण्टी बजाउँदा यस्तो आउँदैछ परिणाम !


काठमाडौं । प्रतिनिधि सभाको प्रत्यक्ष तफ १६५ सिट र समानुपातिक ११० र प्रदेश सभा तर्फको ३३० प्रत्यक्ष र २२० समानुपातिक सिटका लागि भएको निर्वाचनको मतगणना अहिले पनि जारी छ । पछिल्लो मतगणनाको परिणाम अनुसार नेपाली कांग्रेसले तीन स्थानमा जित हात पार्दा एमालेले एक स्थानमा जीतसँगै विजयको खाता खोलेको छ ।

गणना भएका १ सय ३० प्रतिनिधि सभा क्षेत्र मध्ये मुस्ताङमा नेपाली कांग्रेसका योगेश गौचन थकालीले ३ हजार ९९२ मतसहित जीत हातपारेका छन् । उपविजेतामा चित्त बुझाएका एमालेका प्रेम प्रसाद तुलाचनले ३हजार ७८ मत पाएका छन् । मनाङमा नेपाली कांग्रेसका टेक बहादुर गुरुङ २ हजार ५७५ मतसहित विजयी हुँदा एमालेका पोल्देन छोपाङ गुरुङ्ग २ हजार २४७ मत ल्याएर उपविजेता बनेका छन् । यस्तै काठमाडौं १ मा नेपाली कांग्रेसका प्रकाश मान सिंहले ७ हजार १४३ मतसहित जित सुनिश्चित गर्दा राप्रपाका रवीन्द्र मिश्रले ७ हजार १८ मतसहित दोश्रो स्थानमा चित्त बुझाउनुपरेको छ । ललितपुर २ को प्रतिनिधिसभातर्फ एमालेका प्रेम बहादुर महर्जन १५ हजार २५ मतसहित विजयी बन्दा हाम्रो नेपाली पार्टीका सुदिन शाक्य ८ हजार ८८६ मत ल्याएर दोश्रो स्थानमा रोकिएका छन् ।

अन्य गणना जारी रहेका १२६ स्थानमध्ये ४३ स्थानमा कांग्रेसको अग्रता छ । ३३ स्थानमा एमाले उम्मेदवार अग्र स्थानमा छन भने माओवादी केन्द्रले १३ स्थानमा अग्रता लिएर तेश्रोको होड कायमै राखेको छ । यता, चुनावको सरगर्मी सुरु हुँदैगर्दा सञ्चारकर्म छाडेर पार्टी राजनीतिमा होमिने निर्णयसहित रवी लामिछानेले गठन गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले अप्रत्यासित रुपमा ८ स्थानमा अग्रता लिएको छ । माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीले ८ स्थानमै अग्रता लिएको छ । राप्रपाले ६ स्थानमा अग्रता लिएको छ । उपेन्द्र यादव आफै हारउन्मुख देखिदा पार्टीका ३ जना उम्मेदवारले अग्रता लिएका छन् । महन्थ ठाकुर र राजेन्द्र महतो नेतृत्वको लोकतान्त्रि समाजवादी पार्टी कमजोर देखिदा सिके राउतको जनमत पार्टीले १ स्थानमा र रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीको २ स्थानमा अग्रता छ । जनमोर्चाको १ स्थानमा अग्रता लिदा हाम्रो नेपाली दलले एक स्थानमा अग्रता लिएको छ । ७ स्थानमा स्वतन्त्र र अन्यले अग्रता लिएका छन् ।

मतगणना जारी रहँदा एमालेका प्रभावशाली नेतामध्ये इश्वर पोखरेल शंकर पोखरेल, विष्णु पौडेल, महेश बस्नेत, गोकुल बास्कोटा, सुरेन्द्र पाण्डेले अग्रता लिन सकेका छैन । कांग्रेसबाट गगन थापाले जितको निरन्तरता निश्चित जस्तै बनाउँदा विगतमा हारेका रामचन्द्र पौडेल, विश्वप्रकास शर्मा, प्रदिप पौडेल लगायतका थुप्रै नेता जीत उन्मुख छन् । माओवादी केन्द्रबाट देव गुरुङ, पम्फा भुषाल, ओनसरी घर्ती लगायतका नेताहरुले हार ब्यहोर्नुपर्ने देखिएको छ । एकाएक काठमाडौँ उपत्यकासहित, गण्डकी, प्रदेश १, लुम्बिनी प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टीको लहर ल्याएका सभापति रवी लामिछाने आफै भने चीतवन २ मा मतान्तर घटाउँदै दोश्रो स्थानमा छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ