एनआरएनए अष्ट्रेलियाले भन्यो, ‘अष्ट्रेलियामा क्रियाशिल नेपाली सञ्चारकर्मीसँग मित्रवत सहकार्य’
ब्रिजबेन । गैर आवासीय नेपाली संघ अष्ट्रेलियाले प्रेस स्वतन्त्रता र सञ्चारर्मीहरुको सम्मानसहितको सहकार्यमा प्रतिबद्ध रहेको जनाएको छ । अष्ट्रेलियामा क्रियाशिल नेपाली सञ्चारकर्मीहरुको संस्था एन्जाले निकालेको विज्ञप्तीको प्रतिउत्तरसहितको विज्ञप्ती निकालेर एनआरएनए अष्ट्रेलियाले यस्तो प्रतिबद्धता गरेको हो ।
एनआरएनए अष्ट्रेलियाका प्रवक्ता उमेश श्रेष्ठद्धारा जारी विज्ञप्तीमा एन्जाको विज्ञप्तीमाथी ध्यानाकर्षण भएसँगै बोर्ड बैठकमा छलफल भएको उल्लेख गरिएको छ । एनआरएन अष्ट्रेलियाको सिंगो एनआरएन टीम अष्ट्रेलियामा क्रियाशिल नेपाली सञ्चारकर्मीहरुले गरेको सकारात्मक सञ्चार र योगदान बारे जानकार रहेको भन्दै मित्रवत सहकार्य र साझेदारीका लागि सधै तयार रहेको बताइएको छ । अष्ट्रेलियामा रहेको नेपाली समूदायको हकहित नै सामाजिक संस्थाका रुपमा एनआरएनएको प्राथमिकता भएको जानकारि गराउँदै एनआरएन अष्ट्रेलियाले सबैसँग मित्रवत र सकारात्मक सहकार्यले निरन्तरता पाउने बताएको छ । यसअघि नेप्लिज जर्नलिष्ट एशोसियसन एन्जाले एक विज्ञप्ती जारी गर्दै सञ्चारकर्मीमाथी गरिएका बेवास्था लगायतका कमिकमजोरी सुधार्न एनआरएनए अष्ट्रेलियाको ध्यानाकर्षण गराएको थियो ।
यस्तो छ एनआरएनए अष्ट्रेलिया विज्ञप्ति :
तपाईको प्रतिक्रिया