Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियामा नेपाली पासपोर्टको घुम्ती सेवा, दुतावास र राजदूतलाई के छन तपाईका सुझाब ?

अष्ट्रेलियामा नेपाली पासपोर्टको घुम्ती सेवा, दुतावास र राजदूतलाई के छन तपाईका सुझाब ?


ब्रिजवेन । पासपोर्ट बनाउन २/३ हजार डलर खर्च गरेर क्यानवेरास्थित दूतावास धाउनुपर्ने बाध्यता हटेसँगै अष्ट्रेलियामा रहेका नेपालीहरु खुसी भएका छन् । अष्ट्रेलियास्थित नेपाली दुतावासले तास्मानियाबाट सुरु गरेको पासपोर्टको धुम्तीसेवा ब्रिजबेन हुँदै पर्थमा पुर्याइएको हो ।

क्यानवेरा पुग्नुपर्ने बाध्यताबाट राहत पाएको भन्दै घुम्ती सेवामा पुगेकाहरु खुसी व्यक्त गरिरहेका छन् । राजधानी शहर धाउनुपर्ने बाध्यता हटेपनि सिमित कर्मचारी र पूर्वाधारका कारण घुम्ती सेवाको सुविधा प्रभावकारी हुन सकिरहेको छैन । सेवा लिन पुगेकाहरुले सबै कन्सुलेट कार्यालयमा बायोमेट्रीक र फिंगर प्रिन्ट मेसिन जडान गरेर दिगो व्यवस्थापन गर्न सुझाब दिएका छन् । यद्यपी घुम्ती सेवाले पहिलेको भन्दा सुविधा मिलेको भने सेवाग्राहीले राजदूत र दुतावासलाई धन्यवाद दिएका छ ।

यता, अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेलले घुम्ती सेवामा आएका सुझाब र प्रतिक्रियाका आधारमा नेपाली समूदायलाई उपलब्ध गराउनुपर्ने सुविधालाई थप परिस्कृत र सुधार गरिने प्रतिबद्धता जनाउनुभएको छ । राजदूतावास नेपाली समूदायलाई दिनुपर्ने सबै सेवा सुविधामा जिम्मेवारिका साथ प्रस्तुत हुने बताइएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ