Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियाको मेडिबैंक निरन्तर ह्याकरको निसानामा, कतै तपाईका गोप्य विबरण त चोरिएका छैनन !

अष्ट्रेलियाको मेडिबैंक निरन्तर ह्याकरको निसानामा, कतै तपाईका गोप्य विबरण त चोरिएका छैनन !


ब्रिजबेन । साईबर आक्रमणको शिकार भएको अष्ट्रेलियास्थित मेडिबैंकका ग्राहकहरुको डाटा फेरी डार्क वेबमा सार्वजनिक भएको छ । गएराती सार्वजनिक गरिएको डाटा यसअघि नै साईबर आक्रमणबाट चोरिएको डाटा हुनसक्ने आँकलनसहित डाटा विश्लेषण गरिरहेको मेडि बैंकले जानकारि दिएको हो ।

डार्क वेबमा सार्वजनिक गरिएको पछ्ल्लिा फाइलहरू बारे जानकारि गराउँदै मेडिबैंकका सीईओ डेभिड कोक्जकरले अनुसन्धान जारी रहँदा हाल वित्तीय वा बैंकिङ डेटा लिइएको कुनै संकेत नभएको बताउनुभएको छ । यसअघि नै चोरी गरिएका बिवरण सार्वजनिक गरेर ह्याकरले मेडिबैंकसँग आर्थिक लाभको मोलमोलाई गरिरहेको आँकलन गरिएको छ । स्वास्थ्य इन्सुरेन्स सेवा दिने मेडिबैंकसँग ह्याकरहरुले चोरी भएको डाटा फिर्ताका लागि ठूलो आर्थिक मोलमोलाई गर्दैआएको भएपनि मेडिबैंकले इन्कार गरेपनि नयाँ विवरण सार्वजनिक गरिएको हुनसक्ने आशंका गरिएको छ । ’केस क्लोज’ को संकेत भन्दै आएका मिडिया रिपोर्टहरूप्रति लक्षित गर्दै सीईओ कोक्जकरले अनुसन्धान जारी नै रहेको बताउनुभएको छ । ग्राहलाई आवश्यक सबै सेवा र सुविधाका लागि आफूहरु तयार रहेको भन्दै मेडिबैंकले अनलाइन वा फोनमा कुनै पनि शंकास्पद गतिविधिको संकेत पाएमा सतर्क भएर जानकारि गराउन भनेको छ । डाटा सार्वजनिक भएर असुरक्षित महसुस गरेका ग्राहकसँग मेडिबैंकका सिईओ कोक्जकरले माफी समेत माग्नुभएको छ ।

अष्ट्रेलियाली संघीय पुलिसले मेडिबैंक ग्राहकको चोरी भएको डाटा प्रयोग गरेर फाइदा उठाउने, शोषण गर्ने वा आपराधिक अपराध गर्ने गराउने जो कोही कानुनी कारबाहीमा पर्ने भन्दै सचेत गराएको छ । मेडिबैंक डेटाको आपराधिक दुरुपयोग रोक्नका लागि अपरेशन गार्डियन चलिरहेको भन्दै पछिल्लो समय सार्वजनिक संबेदनशिल डाटा डाउनलोड र दुरुपयोग नगर्न सचेत गराइएको छ ।

केही महिना अघि मात्रै अष्ट्रेलियाको स्वास्थ्यबीमा कम्पनी मेडिबैंकले साईबर हमलाको सामना गर्नुपरेको थियो । ह्याकरले ९ दशमलब ७ मिलियन पर्वमान ग्राह र पूर्व ग्राहकको विबरण चोरी गरेको आशंका गरिएको छ । यी मध्ये पनि ५ दशमलब १ मिलियन मेडिबैंक ग्राहक, २ दशमलब ८ मिलियन, एएचएम ग्राहक र एक दशमलब ८ मिलियन अन्तर्राष्ट्रिय ग्राहकहरुको महत्वपूर्ण बिवरणहरु चोरी भएको दाबी गरिएको छ । यसरी बिवरण चोरीबाट प्रभावित हुनेमा ५ हजार २०० माई होम अस्पतालका बिरामी र २ हजार ९०० बिरामीहरूका आफन्त रहेको बताइएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ