Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियामा काम गर्नेलाई मालामाल, आयो नयाँ कानुन, यस्तो छ ४ फाईदा !

अष्ट्रेलियामा काम गर्नेलाई मालामाल, आयो नयाँ कानुन, यस्तो छ ४ फाईदा !


ब्रिजबेन । इन्डस्ट्रियल रिलेसन सम्बन्धी कानुन संशोधन भएसँगै अष्ट्रेलियाका विभिन्न क्षेत्रका कामदारहरुले थप राहत पाउने भएका छन् । अष्ट्रेलियाको संसदबाट आज बिहान पारित भएको कानुनले कामदारहरुलाई विभिन्न सेवा सुविधामा सहज बनाउने भएको हो ।

परिवर्तित कानुन लागू भएसँगै अब अष्ट्रेलियाका विभिन्न क्षेत्रमा कार्यरत श्रमिकहरुले आफूले चाहेको समय अनुसार काम गर्ने सुविधा पाउनेछन् । आफूलाई अपायक हुने समयबारे तथ्य र कारणसहित जानकारि गराएर रोजेको समयमा काम गर्न पाउने यो सुविधाले धेरैलाई राहत पुग्नेछ । यस्तै २० बढी कामदार रहेको कम्पनीका सबै कामदारले सामुहिक रुपमा आफ्नो तलब, सेवा, सुविधा बृद्धिको पहल गर्न समेत अब पाउने भएका छन् । कम्पनीले सामूहिक मागमा इन्कार गरेमा फ्रेम वर्कमा उजूरी लाग्नेछ । लगातार दुई पटक वा दुई वर्षभन्दा बढी करारमा कामदार राख्न नपाउन व्यवस्थाले अस्थायी कामदारहरु स्थायी हुने बाटो खुला गरेको छ । यो सुविधा समेत धेरैका लागि फलदायी हुने आशा गरिएको छ । कानुन संशोधन पारित भएसँगै अब अष्ट्रेलियाका कम्पनीहरुले आफूले करार गराएका कामदारलाई तलब सेवा सुविधा गोप्य राख्न दबाब दिन समेत नपाउने भएका छन् ।

इन्डस्ट्रियल रिलेसन सम्बन्धी कानुनमा भएको संशोधनले श्रमिकहरुलाई राहत पुग्ने अपेक्षा गरिएको छ । श्रमिकहरुको हक हितमा विभिन्न सकारात्मक काम गर्दै आएको अष्ट्रेलिया सरकारले पछिल्लो समय गरेको कानुन संशोधनलाई समेत श्रमिकको हकअधिकारको सुनिश्चिततासँग जोडेर हेरिएको छ ।


ट्याग : ##nepaltube #australia #nepal #law #newrule #saralgurung #foryou
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ