Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsब्राजिली महान फुटबलर पेलेको स्वास्थ्य अवस्था गम्भीर, पेल्लियाटिभ केयर वार्डमा उपचार हुँदै !

ब्राजिली महान फुटबलर पेलेको स्वास्थ्य अवस्था गम्भीर, पेल्लियाटिभ केयर वार्डमा उपचार हुँदै !


काठमाडौं, एजेन्सी । ब्राजिलका लागि तीनपल्ट फिफा विश्वकपको उपाधि जिताउनुभएका ब्राजिली महान फुटबलर पेलेको स्वास्थ्य अवस्था गम्भीर बनेको छ । आन्द्राको क्यान्सरबाट पीडित पेलेको शरीरमा किमोथेरापीले काम गर्न छाडेसँगै स्वास्थ्य अवस्था गम्भीर बनेको हो ।

ब्राजिली सन्चारमाध्यमले जनाएकअनुसार ८२ वर्षीय पेले गत साता अस्पताल भर्ना हुनुभएको थियो । उहाँलाई अस्पतालको ‘एन्ड अफ लाईफ पेल्लियाटिभ केयर वार्ड’मा राखिएको छ । यो भनेको जीवनको अन्तिम अवस्थामा रहेकाहरुलाई गरिने हेरचाह हो । विश्वभरका समर्थकलगायत पूर्व क्लब सान्तोष, ब्राजिलका पूर्व स्ट्राइकर रिभाल्डो र फ्रान्सेली सुपरस्टार केलियन एम्बाप्पेले पेलेको स्वास्थ्यलाभको कामना गर्दै ट्वीट गर्नुभएको छ । शरीर सुन्निने र मुटुले काम गर्न छाडेपछि पेलेलाई गत मंगलबार साओ पाउलोस्थित अल्वर्ट आइन्स्टाइन अस्पताल भर्ना गरिएको थियो । अस्पतालले विहीबार जारी गरेको बक्तव्यमा शताब्दीकै महान खेलाडीको स्वास्थ्य अवस्था ‘स्थिर’ रहेको बताए पनि उहाँकी छोरी केलीले चिन्ता मान्नुपर्ने आवश्यकता नभएको दावी गर्नुभएको छ ।

आन्दाको क्यान्सरका कारण सेप्टेम्बरदेखि सुरु गरिएको किमोथेरापीले काम गर्न छाडेको अस्पताल श्रोतलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । पेलिएटिम केयर वार्डमा जीवनमरणको संघर्षमा पुगेका विरामीलाई राख्ने गरिन्छ । उहाँको वास्तविक नाम एडसन अरान्तेस डो नासिमेन्तो भएपनि संसारभर पेलेको नामबाट चिनिन्छ । ब्राजिल टिमबाट सन् १९५८, १०६२ र १९७० को विश्वकप उपाधि जिताउनुभएका पेलेले ब्राजिलियन क्लब सान्तोषका लागि ६५९ खेलमा ६४३ गोल गर्नुभएको छ । राष्ट्रिय टिमका लागि ९२ खेलमा ७७ गोल गर्नुभएको छ ।

शुक्रबार अल्वर्ट आइन्स्टइन अस्पतालले जारी गरेको वक्तव्यमा पेले स्वासनलीको संक्रमणबाट पीडित भएको र एन्टिवायोटिक औषधिबाट उपचार भइरहेको जनाइएको छ । अपडेटमा भनिएको थियो कि पेलेको आगामी दिनमा आवश्यक उपचारका लागि अस्पतालमै राख्नुपर्नेछ । उनको स्वास्थ्य अवस्था स्थिर छ । पेलिएटिभ केयर वार्डमा राखेर गरिने उपचारको उद्देश्य विरामीको पीडा कम गर्न वा राहत दिन हुने भएकाले यो अवस्थालाई जीवन मरणको दोसाँधमा रहेको बुझ्न सकिन्छ ।


ट्याग : ##brazil, ##nepaltube #australia #nepal #law #newrule #saralgurung #foryou, ##pele, ##world cup qatar 2022
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ