Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaविश्वकप फुटबलमा आज प्रि–क्वाटरफाइनलका दुई खेल हुँदै, यस्तो हुँदैछ प्रतिस्पर्धा !

विश्वकप फुटबलमा आज प्रि–क्वाटरफाइनलका दुई खेल हुँदै, यस्तो हुँदैछ प्रतिस्पर्धा !


काठमाडौं, एजेन्सी । कतारमा जारी फिफा विश्वकप फुटबलमा आज प्रि–क्वाटरफाइनलका दुई खेलहरु हुँदैछन् । नेपाली समय अनुसार राति पौने ९ बजे सुरु हुने खेलमा फ्रान्स र पोल्याण्ड भिड्दा राति पौने १ बजे इंग्ल्याण्डले सेनेगलसँग खेल्नेछ ।

फ्रान्स समूह ‘डी’ को विजेता र पोल्याण्ड समूह ‘सी’ को उपविजेता बन्दै प्रि–क्वाटरफाइनलमा पुगेको हो । दुवै टोली जित निकाल्दै क्वाटरफाइनलमा पुग्ने योजनामा रहेका छन् । यस्तै, इंग्ल्यान्ड समूह ‘बी’ को विजेता र सेनेगल समूह ‘ए’ को उपविजेता बन्दै प्रि–क्वाटरफाइनलमा पुगेका हुन। यी दुई टोली पनि जित निकाल्दै क्वाटरफाइनलमा पुग्ने योजनामा सहित मैदान उत्रिदैछन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ