Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaविश्वकप फुटबल : ब्राजिल र क्रोएसिया अब क्वाटरफाइनलमा भिड्ने !

विश्वकप फुटबल : ब्राजिल र क्रोएसिया अब क्वाटरफाइनलमा भिड्ने !


काठमाडौं, एजेन्सी। फिफा विश्वकप फुटबलको राउण्ड अफ १६ को खेलमा दक्षिण कोरियालाई ४–१ गोल अन्तरले हराउँदै ब्राजिलले क्वाटरफाइनलमा क्रोएसियासँगको भेट पक्का गरेको छ ।

कतारस्थित स्टेडियम ९७४ मा ब्राजिलले दक्षिण कोरियाविरुद्ध पहिलो हाफमै ४ गोल गरेको थियो । खेलको सातौं मिनेटमा भिनिसियस जुनियरले, खेलको १३ औं मिनेटमा पेनाल्टीमार्फत नेयमारले, २९ औं मिनेटमा थियागो सिल्भाको पासमा रिचार्लिसनले र खेलको ३६ औं मिनेटमा लुकास पाक्वेटाले भिनिसियसको पासमा गोल गरेका थिए । खेलको ७६ औं मिनेटमा दक्षिण कोरियाका पाइक सुएङ(होले एक गोल फर्काएपनि ब्राजिल ४–१ ले विजयी भएको थियो ।

यता, क्रोएसियाले जापानलाई पेनाल्टी सुटआउटमा ३–१ गोल अन्तरले पराजित गरेर ब्राजिलसँगको भिडन्त निश्चित गरेको छ । प्रतिस्पर्धात्मक बनेको खेलको निर्धारित ९० मिनेट र थप गरिएको अतिरिक्त समय १–१ गोलको बराबरी भएपछि खेल पेनाल्टीमा गएको थियो ।पेनाल्टीमा गोलकिपर डोमिनिक लिभाकोभिच चम्किएपछि क्रोएसियाले बाजी मार्यो । क्रोएसियाका निकोला भ्लासिच, मारियो पासालीच र मार्सेलो ब्रोजोभिचले पेनाल्टीमा गोल गरे । मार्को लिभाजा पेनाल्टीमा चुके । जापानका ताकुमा असानोले गोल गर्दा ताकुमी मिनामिनो, माया योशिदा र कोरु मितोमाले गोल गर्न सकेनन् । तीनै जनाको पेनाल्टी प्रहार क्रोएसियाका गोलकिपर डोमिनिकले बचाएका थिए ।

जितसँगै क्रोएसिया तेस्रो पटक क्वाटरफाइनलमा प्रवेश गरेको छ । क्रोएसियाले अब ब्राजिलसँग क्वाटरफाइनलमा खेल्नेछ । जापान र दक्षिण कोरिया राउण्ड अफ १६ बाटै बाहिरिएका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ