Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaक्यानबेरामा मेनिन्गोकोकलको त्रास, एक किशोरिको मृत्युसँगै बढाइयो निगरानी !

क्यानबेरामा मेनिन्गोकोकलको त्रास, एक किशोरिको मृत्युसँगै बढाइयो निगरानी !


ब्रिजबेन । गत साता क्यानबेराको बहुचर्चित स्पिल्ड मिल्क फेस्टिभलमा सहभागीहरुलाई मेनिन्गोकोकलका लक्षणहरूको आधारमा निगरानी गर्न लागिएको छ । अष्ट्रेलियन क्यापिटल टेरिटोरीको स्वास्थ्य विभागले चाडपर्वमा भाग लिएपछि बिरामी परेकी एक विद्यार्थीको गत शनिबार दिउँसो क्यानबेरा अस्पतालमा मृत्यु भएसँगै स्पिल्ड मिल्क फेस्टिभलमा सहभागीको कन्ट्याक ट्रेसिङ अलर्ट जारी गरेको हो ।

मुख्य स्वास्थ्य अधिकारी डा. केरीन कोलम्यानले मेनिन्गोकोकल रोग असामान्य भएता पनि यो गम्भीर हुनसक्ने र जीवनभरी जटिलता वा मृत्यु निम्त्याउन सक्ने भन्दै सचेत गराउनुभएको छ । नोभेम्बर २६ मा प्रदर्शनी पार्कको कार्यक्रममा उपस्थित जो कोहीलाई कुनै मेनिन्गोकोकल लक्षणहरू देखिएमा सचेत हुन र तुरुन्तै उपचार थाल्न भनिएको छ ।

केही दिन अघि मात्रै मेनिन्गोकोकल रोगका कारण एक किशोरिको मृत्यु भएपछि यस्तो निगरानी बढाइएको छ । मृतक एली बेहान दक्षिण कोस्टको उल्लादुल्ला हाई स्कूलमा स्कूल समाप्त गरेर बिदामा बसेकी थिइन् । गत महिना क्यानबेराको लोकप्रिय संगीत महोत्सव स्पिल्ड मिल्कमा भाग लिएपछि उनी बिरामी परेकी थिइन ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ