Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaकर्मचारी ठग्ने सिड्नीको क्याफे र निर्देकलाई ३५ हजार ५ सय डलर जरिवाना !

कर्मचारी ठग्ने सिड्नीको क्याफे र निर्देकलाई ३५ हजार ५ सय डलर जरिवाना !


ब्रिजबेन । कर्मचारीलाई कानुन अनुसारको तलब सेवा सुविधा नदिने सिड्नीको बोन्डीमा रहेको क्याफे र सञ्चालकले ३४ हजार ५ सय डलर जरिवाना तिर्नुपरेको छ । फेयरवर्क अम्बुडस्म्यानले संघीय अदालतमा चलाएको मुद्धाका आधारमा क्याफे सञ्चालन गर्ने कम्पनीलाई २८ हजार ५ सय र कम्पनी निर्देशकलाई ६ हजार डलर जरिवाना तिराइएको हो ।

क्याफेमा कुकका रुपमा कार्यरत थाइल्यण्डका राहदानी बाहक विद्यार्थीमाथी कानुन अनुसारको तलब, सेवा सुविधा नदिएको भन्दै गुनासो आएपछि फेयरवर्क अम्बुडस्म्यान इन्सपेक्टरहरुले आवश्यक छानविन अघि बढाएका थिए । लामो निगरानी र अनुसन्धानपछि अदालतमा पुगेको मुद्धामा कम्पनीलाई कानुन कार्यान्वयमा आवश्यक कदम चाल्न आदेश आएको छ । कामदारलाई पूर्ण फिर्ता भुक्तानीका साथै सेवानिवृत्ति र ब्याज समेत समावेश गरेर क्षतिपूर्ती भराउन समेत आदेशमा भनिएको छ ।

फेयरवर्क अम्बुडस्म्यानसान्ड्रा पार्करले कानुन उल्लंघन गर्ने जो कोहि पनि अदालती जरिवानाबाट दण्डित हुनुपर्नेतर्फ सचेत गराउनुभएको छ । सबै कामदारको हकअधिकारको सुरक्षामा सरकार र सरकारी अधिकारी सचेत रहेको भन्दै पार्करले आफू ठगिएको अनुभव गर्नासाथ निशुल्क कानुनी उपचारका लागि फेयरवर्क अम्बुडस्म्यानमा आउन आह्वान गर्नुभएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ