Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियाबाट बाली पुगेकी २५ वर्षीया विद्यार्थीको बाथरूममा लडेर मृत्यु, परिवार बालीमा !

अष्ट्रेलियाबाट बाली पुगेकी २५ वर्षीया विद्यार्थीको बाथरूममा लडेर मृत्यु, परिवार बालीमा !


ब्रिजबेन। दाँतको उपाचारसँगै घुमघामका लागि बाली पुगेकी अष्ट्रेलियन विद्यार्थीको बाथरूममा पाँच दिन पहिले नै मृत्यु भएको अवस्थामा शव फेला परेको छ । पर्थकी २५ वर्षीया विद्यार्थी नियाम फिनेरन लोडरको डिसेम्बरको सुरुमा इन्डोनेसियाको टापुमा मृत्यु भएको हो ।

वेस्ट अष्ट्रेलियाको रिपोर्ट अनुसार द स्पेक्टेटरका लेखक र वर्षीय मास्टर तहकी विद्यार्थीको शव मृत्युको पाँच दिन पछि मात्र अस्पतालमा ल्याइएको छ । बालीका अधिकारीहरूले २ हप्ता लगाएर गरिएको पोस्ट मार्टमबाट उनको शरीरमा कुनै चोटपटक नदेखिएको जानकारि दिएका छन् ।

युनिभर्सिटी अफ वेस्टर्न अष्ट्रेलियामा स्नातकोत्तर तह अध्ययन गरिरहेकी विद्यार्थीको परिवार शव बुझ्नका लागि बालीमा पुगेको छ। जलवायु परिवर्तन सम्बन्धि विषयमा पछिल्लो पटक मृतक विद्यार्थीको विचार प्रकाशित भएको थियो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ