Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियामा नेपाली व्यवसायीबाटै एक नेपाली कामदार कुटिए, घटनाबारे अनुसन्धान जारी !

अष्ट्रेलियामा नेपाली व्यवसायीबाटै एक नेपाली कामदार कुटिए, घटनाबारे अनुसन्धान जारी !


ब्रिजबेन । नेपालमा मात्रै नभएर विदेशी भुमिमा समेत नेपालीबाट नेपाली नै कुटिने र हेपिनुपर्ने अवस्था कायमै रहेको पाइएको छ । अष्ट्रेलियाको ब्रिजबेनमा नेपालीले सञ्चालन गरेको व्यवसायका नेपाली कामदार तलब माग्दा कुटिएका हुन् ।

केही समय अघिको यो दुब्र्यबहार र कुटपीटको घटनामाथी स्थानीय प्रहरीसँगै फेयर वर्क ओम्बड्सम्यानका अधिकारिहरुले अनुसन्धान गरिरहेका छन् । विदेशमा त्यो पनि शिक्षित नेपाली समूदायको बाक्लो उपस्थिति रहेको अष्ट्रेलियामा भएको यस्तो घटनालाई नेपाली समूदायका अग्रज र एनआरएनए पदाधिकारीहरुले दुखद घटना भनेका छन् । काम गरेको पैसा माग्दा कुटीएका नेपालीले आफूमाथी जातिय बिभेद गर्दै दलितका रुपमा हेपाहा ब्यबहार गरिएको समेत बताउनुभएको छ । कानको श्रब्य शक्ति गुम्नेगरि कुटपिट सहनुपरेका नेपाली मानसिक रुपमा बिछिप्त भएर केही समय नेपाल आएर समेत पुनः अष्ट्रेलिया फर्किनुभएको छ । कतिपय नेपाली समूदायका अगुवाहरुले युरोपमा पनि लामो समयदेखी बसोबास गरेर स्थापित भएका पुरानो नेपालीले नयाँलाई यस्तो हेपाहा ब्यवहार गर्नेगरेको बताएका छन् ।

नेपाली समूदायका स्थापित व्यक्तिहरुबाट आत्मियता र साथ सहयोग पाउनुपर्नेमा उल्टै कुटपिट, हिंसा सहनुपर्ने बिषय गम्भिर हो । स्थानीय प्रहरीसँगै फेयर वर्क ओम्बड्सम्यानले अनुसन्धान अघि बढाएको यो घटनाले न्यायिक रुपमा छिट्टै किनारा पाउनुपर्छ । पीडकलाई कारबाहीसँगै पीडितलाई क्षतीपूर्तीसहितको न्याय दिलाउन नेपाली समूदायको भरपुर साथ मिलोस् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ