चार्ल्स शोभराज तत्काल जेलमुक्त नहुने, अदालती आदेश स्पष्ट नभएको कारागारको जिकिर !
काठमाडौं । बिकिनी किलरका रुपमा चिनिएका फ्रान्सेली नागरिक चार्ल्स शोभराजलाई छाड्न केन्द्रीय कारागारले अस्वीकार गरेको छ । कारागार व्यवस्थापन विभाग श्रोतका अनुसार सर्वोच्च अदालतले वुधबार दिएको आदेश स्पष्ट नभएकाले तत्काल शोभराज हिरासतमुक्त हुने नदेखिएको हो ।
विभागसँगै केन्द्रीय कारागार व्यवस्थापन समेत आदेश स्पष्ट नरहेको दाबी गरिरहेको छ । औपचारिक रुपमा हिरातमुक्त हुने नहुनेबारे कारागार व्यवस्थापन विभाग र केन्द्रीय कारागार बताउन तयार नभएपनि तत्काले शोभराज छुट्ने सम्भावना भने देखिदैन । कारागार प्रशासनले यसअघि शोभराजको हकमा यसअघि आएका आदेशहरु पनि मानेको थिएन । उच्च सुरक्षा खतरा भएको कैदी भन्दै शोभराजलाई केन्द्रीय कारागारको गोलघरमा राखिँदै आइएको थियो । बुधबार मात्रै सर्वोच्च अदालतले कर्तव्य ज्यान मुद्दामा सर्वस्वसहित जन्मकैद सजाय भोगिरहेका ७८ वर्षीय फ्रेन्च नागरिक शोभराजलाई तत्काल थुनामुक्त गरी १५ दिनभित्र आफ्नो देश फर्काउन आदेश दिएको थियो ।
सन् १९७५ मा एक अमेरिकी र एक क्यानेडियन नागरिकको हत्या गरेको आरोपमा उनी सन् २००३ मा काठमाडौंबाट पक्राउ परेका थिए । यसअघि पनि भारतको कारागारमा झन्डै २१ वर्ष विताएका थिए । सर्वोंच्च अदालतले ज्येष्ठ नागरिकले पाउने कैद छुटको सुविधालाई टेकेर हिरासत मुक्तको आदेश गरेको विषयलाई विश्वभरका प्रतिष्ठित सन्चार माध्यमहरुले प्राथमिकताका साथ खबर बनाएका छन् ।
तपाईको प्रतिक्रिया