Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalमाओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नयाँ प्रधानमन्त्री बन्दै, सरकारमा ७ दलको सहभागिता

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नयाँ प्रधानमन्त्री बन्दै, सरकारमा ७ दलको सहभागिता


काठमाडौं । नयाँ सरकारको नेतृत्व एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्ने भएका छन् । भक्तपुरस्थित एमाले अध्यक्ष केपीशर्मा ओली निवास बालकोटमा राष्ट्रपति र सभामुख एमालेले पाउने र आधा आधा कार्यकाल प्रधानमन्त्री बाँडफाँड गर्नेगरि सहमति जुटेको हो ।

यो सहमतिसँगै प्रचण्डले आगामी साढे दुई वर्ष सरकारको नेतृत्व गर्नेछन् । आलोपालोको सिद्धान्तअनुसार त्यसपछिको आधा समय एमालेले सरकारको नेतृत्व गर्नेछ । प्रधानमन्त्रीपछिको मुख्य दुई पद राष्ट्रपति र सभामुख एमालेले पाउने भएको छ । एमाले र एमाओवादीसहित ७ वटा दलहरु आगामी सरकारमा सहभागी हुने देखिएको छ । संसदको चौथो ठूलो दलका रुपमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा जान सकारात्मक छ । यसैगरी जसपा, नागरिक उन्मुक्ति र जनमत पार्टी पनि सत्ता सहकार्यमा सकारात्मक छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीले समेत बहुमत पुर्‍याउन सहयोग गर्ने निर्णय गरेको छ ।

एमाले—माओवादी केन्द्रबीचको नयाँ सत्ता समिकरणमा एमालेका ७८, माओवादीका ३२, रास्वपाका २०, राप्रपाका १४, जसपाका १२, जनमतका ६ र नागरिक उन्मुक्तिका ४ सांसद छन् । यी सबै जोड्दा १६६ सीट पुग्छ । सत्ता गठबन्धन जोगाउन नसक्दा कांग्रेसले संघीय सरकारसँगै प्रदेश सरकार समेत गुमाएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ