Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsप्रचण्डसँगै यी हुन पहिलो चरणमा मन्त्री बन्नेहरु, रबीसहित तीन उपप्रधानमन्त्री

प्रचण्डसँगै यी हुन पहिलो चरणमा मन्त्री बन्नेहरु, रबीसहित तीन उपप्रधानमन्त्री


काठमाडौं । नेपालको ४४ औँ प्रधानमन्त्रीमा नियुक्त भएका माओवादी केन्द्रका पुष्पकमल दाहाल प्रचण्डसँगै तीन उपप्रधानमन्त्री र ४ जना मन्त्रीले पहिलो चरणमा पद तथा गोपनियताको सपथ लिने भएका छन् ।

प्रधानमन्त्री प्रचण्डसँगै माओवादीबाट नारायणकाजी श्रेष्ठले उपप्रधान एवंम भौतिक पूर्वाधार तथा यातायात, एमालेबाट विष्णु पौडेलले उपप्रधान तथा अर्थ, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट रवि लामिछानेले गृहसहित उपप्रधानमन्त्रीको सपथ लिने भएका हुन । प्रचण्ड नेतृत्वको नयाँ सरकारमा एमालेबाट थप तीन मन्त्रीले समेत सपथ लिदैछन् । प्रदेश १ बाट राजेन्द्र राई, मधेशबाट ज्वालाकुमारी साह र सुदूरपश्चिमबाट दामोदर भण्डारी एमालेकाने तर्फबाट मन्त्री बन्दैछन् । जनमत पार्टीका बरिष्ठ उपाध्यक्ष रहेका अब्दुल खानले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीको सपथ लिदैछन् ।

गठबन्धनको आगामी बैंठकबाट भागबण्डा मिलाएर बाँकी मन्त्रीसहित मन्त्रिमण्डल बिस्तार गरिने बताइएको छ । एमाले—माओवादी गठबन्धनलाई साथ दिएपनि राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा र रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी तत्काल सरकारमा सहभागि नहुने भएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ