सिड्नीको समुन्द्रमा डुबे दुइ नेपाली युवती, एकको अवस्था गम्भीर

सिड्नी/बुधबार साझ ७ बजेतिर सिड्नीको क्रोनोला विचमा दुइ नेपाली युवती डुबेका छन् । २० वर्ष उमेरका उनीहरुको यत्ति बेला सेन्ट जर्ज अस्पतालमा उपचार भइरहेको छ । एकको अवस्था चिन्ताजनक रहेको बुझिएको छ । उनीहरुको अवस्था सुधारउन्मुख छ ।
न्यु साउथ वेल्स प्रहरीले उनीहरु नेपाली भएको पुष्टी गरेको छ । प्रहरीले दिएको जानकारी अनुसार हिजो साझ ७ बजे क्रोनोला विचमा पानीबाट अचेत अवस्थामा निकालिएको एक युवती बारे खबर पाएको थियो । त्यसपछि पारामेडिक्सको टोलीले घटनास्थलमा प्राथमिक उपचार गरेर हेलिकप्टरमार्फत अस्पताल लिएको थियो ।

घटनास्थलमा रहेका प्रत्यक्षदर्शी अजय गुरुङका अनुसार तीनचार जनाको समुहमा ती युवतीहरु पौडी खेलिरहेका थिए । तिब्रगतिमा आएको छालले उनीहरुलाई समुन्द्र तिरै तानेर लगेको हुनसक्ने उनको भनाई छ । उनीहरु समुन्द्री किनारबाट झण्डै २ तिन सय मिटर पानीभित्र रहेको समेत उनको भनाई छ । डुबेपछि वरिपरी रहेका मानिसहरुले उनीहरुलाई बाहिर निकालेको प्रत्यक्षदर्शीले बताएका छन् । बेलुका सात बजिसकेकाले त्यहा लाइफ गार्डहरु नभएकाले उद्धारमा ढिलाई भएको उनको बुझाई छ ।

रोयल लाइफ सेभिङका अनुसार सन् २०२२ मा पानीमा डुबेर अष्ट्रेलियामा ३ सय ३९ जनाको ज्यान गएको छ । रातो र पहेलो झण्डा भएको स्थानमा मात्र पौडी खेल्दा सुरक्षित हुन सकिन्छ ।
ट्याग : #beach, #Cronulla beach
तपाईको प्रतिक्रिया