क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदन मुद्धामा बहस हुँदै, आजै फैसलाको सम्भावना
काठमाडौं । नाबालिग बलात्कारको आरोपमा पुर्पक्षका लागि थुनामा रहेर मुद्दा लडिरहेका राष्ट्रिय टिमका पूर्वकप्तान सन्दीप लामिछानेको पुनरावेदनको पेसीमाथी आज सुनुवाई हुँदैछ । अघिल्लो हप्ता पेशी तोकिए पनि सन्दीप पक्षका वकिलहरुले स्थगत गरेको मुद्धामा आज सुनुवाई हुन लागेको हो ।
पाटन उच्च अदालतमा सन्दीपको पुनरावेदनको पेशी इजलास नम्बर १० मा न्यायाधीशहरु सुभाष पौडेल र किरणकुमार पोखरेलको संयुक्त इजलासमा परेको छ । सन्दीप पक्षका वकिलहरुले बहससँगै आजै फैसला हुनसक्ने सम्भावना रहेको जानकारि दिएका छन् । लामिछानेमाथि नाबालिगलाई बलात्कार गरेको आरोप लागेपनि सन्दीपको पक्षले पीडित नाबालिग नरहेको दावी गर्दैआएको छ ।
उमेर सम्बन्धी विवाद भएपछि अदालतले पीडितको जन्म सम्बन्धी अभिलेख अस्पतालबाट झिकाउन यसअघि नै आदेश दिएको छ । अदालतले अर्का क्रिकेटर देव खनाल र मेडिकल गराएका चिकित्सकलाई समेत झिकाउन आदेश दिएको छ । उनीहरूको पुस २५ गतेसम्ममा बकपत्र गराइसक्न समेत जिल्ला अदालत काठमाडौंको आदेशमा भनिएको छ ।
तपाईको प्रतिक्रिया