Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaआज गुरुङ समुदायको ‘तमु ल्होसार’, स्वदेशदेखी विदेशसम्म पर्व मनाउँदै

आज गुरुङ समुदायको ‘तमु ल्होसार’, स्वदेशदेखी विदेशसम्म पर्व मनाउँदै


काठमाडौं । आज पुस १५ अर्थात ‘तमु ल्होसार’ । गुरुङ समुदायले झाँकीसहित विभिन्न सांस्कृतिक कार्यक्रम गरेर नयाँ वर्र्ष मनाउँदैछन् । तमु भन्नाले गुरुङ समुदायलाई चिनाउँछ भने ल्होसार भन्नाले नयाँ वर्ष भन्ने अर्थ लाग्दछ । यसैले गुरुङ समुदायले नयाँ वर्षका रुपमा धुमधामसँग यो पर्व मनाउने गर्छन् ।

गुरुङ समुदायले तो ल्हो (बाघ वर्ग) को बिदाइ गर्दै ‘हि ल्हो’ (बिरालो वर्ग) को स्वागत गर्दैछन् । यस दिन गुरुङ समुदायले हर्षोल्लासका साथ आफ्नो भेषभुषा र नयाँ परिकार ग्रहण गरी नयाँ वर्षलाई स्वागत गर्ने गर्दछन् । तमु ल्होसार’ पर्व सूर्यको किरणसँग समेत सम्बन्धित छ । साथै नेपालमा गुरुङसँगै तामाङ, शेर्पा लगायत अन्य हिमाली समुदायले पनि ल्होसार पर्व मनाउँछन् । तर, उनीहरुले मनाउने ल्होसारको नाम भने फरक फरक छ । तामाङहरूले मनाउने ल्होसारलाई सोनाम ल्होसार भनिन्छ भने शेर्पा समुदायले मनाउने ल्होसारलाई ग्याल्बो ल्होसार भनिन्छ । गुरुङ समुदायको बाहुल्य रहेका लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायतका जिल्लामा यो पर्व धुमधामसँग मनाउने गरिन्छ ।

‘तमु ल्होसार’को अवशरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र दलका नेताहरुले शुभकमना शन्देश जारी गर्दै देशमा स्थायीत्वसहित विकासको लहर सुरु हुने बताउनुभएको छ । विविधताबीचको एकता नेपालीको साझा पहिचान भएको दाबी गर्दै आपसी सत्भाव र भाइचारामा ल्होसार जस्ता पर्वले भुमिका खेल्ने बताइएको छ । सरकारले तमु ल्होसारको अवसरमा आज सार्वजनिक बिदा समेत दिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ