मेलबर्नमा नेपालीबाटै कुटिए एक नेपाली, अनुहारमा ३२ टाँका
ब्रिजबेन । मेलबर्नमा एक नेपाली युवामाथी अर्का नेपाली युवाले सांघातिक आक्रमण गरेका छन् । मेलवर्नस्थित एक नेपाली रेस्टुरेन्टमा बुधबार परिवारसहित खाना खान पुगेको समयमा अनुहार र टाउकोमा गम्भिर चोट लाग्नेगरि आक्रमण भएको हो ।
रेस्टुरेन्ट बिल तिर्न लाईन बसेको बेला पछाडीबाट आएका एक नेपालीले टाउकोमा आक्रमण गरेका थिए । घाइते युवाको घाउमा ३२ टाँका लगाइएको छ । भिक्टोरिया प्रहरीद्धारा घटनास्थलको मुचुल्का उठाएर छानविन अघि बढाइएको छ । सीसी टीभी फुटेज समेत साथमा लिएर प्रहरीले अनुसन्धान गरिरहेका आरोपित युवाले आफूमाथी गाली गलौँज गरेपछि आवेगमा आएर मदिरा पिएको सिसाको गिलासले आक्रमण गरेको नेपाल ट्युबसँग बताएका छन् । रेस्टुरेन्टमा भएको झैझगडा र गालिगलौजबाट घटना सुरु भएको आरोपित युवाको दाबी छ ।
भिक्टोरियाको नेपाली समाजमा सक्रिय रहेका युवामाथीको अभियोग पुष्टि भएमा पाँच वर्षसम्मको जेल सजाय हुनसक्छ । अष्ट्रेलियासँगै भिक्टोरियाको अपराध संहितामा यस्ता अपराधजन्य गतिबिधिमा कडा कानुनी व्यवस्था गरिएकाले सचेत रहन सबैलाई नेपाली समाजले आग्रह गरेको छ ।
ट्याग : ##Nepali in Melbourne #Australia
तपाईको प्रतिक्रिया