Wednesday, 8 May 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaदुखद ! सन्तान भेट्न आएकी आमाको सिड्नीमा निधन, सकेको सहयोग गरौ

दुखद ! सन्तान भेट्न आएकी आमाको सिड्नीमा निधन, सकेको सहयोग गरौ


ब्रिजबेन । नेपालबाट सिड्नीमा छोराबुहारी भेट्न आउनुभएकी एक ७३ वर्षिया आमाको हृदयघातबाट निधन भएपछि अस्पताल खर्च र नेपाल शब पठाउन गो फण्ड मी अभियान सुरु भएको छ । पीडित परिवारका लागि आर्थिक सहयोग जुटाउन छोराले फुटबल खेल्ने बेनी फुटबल क्लबले  अभियान सुरु गरेको हो ।

नेपालबाट आमाबुबा सिड्नी आईपुगेको डिसेम्बर ३१ तारिख मै बृद्ध आमालाई हृदयघात भएको थियो । उपचारका क्रममा सिड्नीको कनकड अस्पतालमा हिजो उहाँको निधन भएको हो ।  स्वास्थ्य बिमा नभएका कारण केही दिनकै उपचारमा १५ हजार डलर खर्च भएको छ । नेपाल शब पठाउन थप १५ हजार लाग्ने भएकाले ३० हजार डलर संकलनका लागि गो फण्ड मी अभियान चलाईएको बताइएको छ ।

मृतकका छोराबुहारी  टिआर भिषा अर्थात् विद्यार्थी भिसामा रहेका कारण आर्थिक समस्यामा परेका छन् । विज्ञहरुले यो घटना पाठ भएको भन्दै स्वास्थ्य विमा गराएर मात्र बोलाउन सुझाव दिएका छन् । ब्रिजवेनमा रजिष्ट्रर्ड माईग्रेसन एजेन्ट नारायण कोईरालाका अनुसार ७० वर्ष कटेकालाई अष्ट्रेलिया आउदा भिजिटर स्वास्थ्य बिमा गर्दा मेडिबैंक उपयोगी रहेको छ ।

तपाई पनि एउटा नेपालीले भोगेको यो दुखद क्षणमा सहयोग गर्ने कि । सहयोगका लागि यो लिंक खोलौं


ट्याग : #Please help her to go home peacefully #australia #mom #nepalimom #nepaliinsydney #nepal #foryou #nepaltube
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ