Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsकिन बारम्बार स्थगन भैरहेको छ क्रिकेटर सन्दिप लामिछानेको पुनरावेदन सुनुवाई ?

किन बारम्बार स्थगन भैरहेको छ क्रिकेटर सन्दिप लामिछानेको पुनरावेदन सुनुवाई ?


काठमाडौं । नाबालिग बलात्कारको आरोपमा पुर्पक्षका लागि थुनामा रहेर मुद्दा लडिरहेका राष्ट्रिय टिमका पूर्वकप्तान सन्दीप लामिछानेको पुनरावेदन पेसीमाथी आज पनि सुनुवाई भएन । बारम्बार पेशी तोकेर स्थगन हुँदै आएको मुद्धामा आजको सुनुवाई पनि स्थगन भएको हो ।

सुनुवाइका लागि पाटन उच्च अदालतमा राज्यलक्ष्मी बज्राचार्य र नरिश्वर भण्डारीको संयुक्त इजलास तोकिएपनि सन्दीपकै कानून व्यवसायीले पेशी स्थगित गरेको बताइएको छ । आफूलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेशविरुद्ध सन्दीपले गरेको पुनरावेदनको पेशी योसँगै तेस्रोपटक सरेको छ । पहिलोपटक सन्दीपकै कानुन व्यवसायीले स्थगित गरेका थिए भने दोस्रो पटक हेर्न नभ्याइने भएर स्थगन भएको थियो ।

हाल केन्द्रीय कारागारमा रहेका सन्दीपको पक्षमा पछिल्लो समय क्रिकेटरहरू बोल्न थालेका छन् । शरद भेषावकर, आरिफ शेखलगायतले सामाजिक सञ्जालमा सन्दीपको न्यायका लागि दबाब दिएका छन् । एक किशोरीले बलात्कारको आरोप लगाएसँगै सन्दीप पुर्पक्षका लागि थुनामा बसेर न्यायिक लडाईमा छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ