Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalकम्बोडियामा ज्यान गुमाएका नेपालीको शव ल्याउन सरकारले आर्थिक सहयोग गर्ने

कम्बोडियामा ज्यान गुमाएका नेपालीको शव ल्याउन सरकारले आर्थिक सहयोग गर्ने


काठमाडौं । नेपाल सरकारले कम्बोडियामा ज्यान गुमाएका नीराकार पाण्डेको शव नेपाल ल्याउन आर्थिक सहयोग गर्ने भएको छ । बिहीवार बसेको मन्त्रिपरिषद्को बैठकले गरेका निर्णय सार्वजनिक गर्दै सरकार प्रवक्ता एवम् उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले यस्तो जानकारी दिनुभएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कम्बोडियाको ग्राण्ड डायमण्डसिटी र क्यासिनोमा भएको आगलागीमा परी मृत्यु भएका निराकार पाण्डेका बुवा अग्नि पाण्डेसँग क्याविनेट बैठक अघि भेटघाट गर्नुभएको थियो । प्रधानमन्त्रीले बिहीबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बोलाई पाण्डेसँग छलफल गरेपछि यस्तो निर्णय बाहिरिएको आँकलन गरिएको छ ।

करिब एक साथा अघि कम्बोडियाको एक होटल क्यासिनोमा भएको भीषण आगलागीमा परेर कम्तिमा १९ जनाको मृत्यु भएको थियो । मृत्यु भएकामध्ये एकजना झापाको विर्तामोड नगरपालिका १ घर भएका ४० वर्षीय निराकार पाण्डे थिए । १२ औँ तलामा बसेका उनी आगोलागीबाट बच्ने कुनै उपाय नभएपछि परिवारसँग लामो भलाकुसारी गरेर हाम्फलेका थिए । सोही क्रममा उनको निधन भएको थियो । अहिले थाइल्याण्डस्थित नेपाली दूतावासमार्फत शव ल्याउनका लागि पहल भइरहेको बताइएको छ ।

यस्तै, सरकारले प्रतिनिधि सभा र प्रदेश सभा चुनावका बेला ज्यान गुमाएका बाजुराका सञ्जीव ऐरी र चेतन ऐडीका परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने निर्णय पनि गरेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ