Saturday, 6 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsएनआरएनए चुनाव- हाम्रालाई होईन राम्रालाई भन्दै एडिलेडमा बन्यो ‘कार्कीको भोट’ । (सिनेमा सहित)

एनआरएनए चुनाव- हाम्रालाई होईन राम्रालाई भन्दै एडिलेडमा बन्यो ‘कार्कीको भोट’ । (सिनेमा सहित)


एडिलेड

गैरआवासिय नेपाली संघ अष्ट्रेलियाको नयाँ कार्यसमितिको निर्वाचन नजिकिदै छ । जसरी पनि जित्नका लागि मोटाे रकम खर्च गरेर सदस्य बनाउने र विभिन्न तिक्डम गरेर आफ्नो भोट बढाउन उमेद्वारहरु लागि पर्ने गरेको गुनासो नौलो होईन । यहि कथा वस्तुलाई समेटेर एडिलेडका नेपालीले छोटो सिनेमा नै बनाएका छन् ।

चुनावमा हुने अव्यवसायिक गतिविधीको चिरफार गर्न ईनास साउथ अष्ट्रेलियाले सिनेमा बनाएको हो । ८ मिनेट लामो चलचित्रलाई आरसी थापाले निर्देशन गरेका हुन् ।
पत्रकार नारायण खड्का, मिलन दाहाल,विकास शर्मा, एलिना पाण्डे र विपना थापाले चलचित्रमा अभिनय गरेका छन् ।
‘कार्कीको भोट’ नामक चलचित्रले एनआरएनए निर्वाचनमा हुने व्यथितीलाई अन्त्य गरि असल नेतृत्व छान्न मतदातालाई अभिप्रेरित गर्ने ईनास साउथ अष्ट्रेलियाका अध्यक्ष विकास शर्माले बताउनुभयो ।

चलचित्र हेर्न यहाँ थिच्नुहोस्

 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ