Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsपोखराको विमान दुर्घटनास्थल र उद्धार, भवविह्वल दृश्य

पोखराको विमान दुर्घटनास्थल र उद्धार, भवविह्वल दृश्य


काठमाडौं । पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएका अधिकांशको शव निकालिएको छ । काठमाडौँबाट बिहान १०ः३३ बजे पोखराका लागि उडेको यति एयरलाइन्सको एटीआर–७२ विमान ११ बजेर १० मिनेट जाँदा फेवा खोँचमा दुर्घटनामा परेको हो ।

दुर्घटनास्थलमा उद्धारको अहिले पनि जारी रहेको भएपनि अधिकांशको शव निकालिएको र केहीलाई अस्पताल लगिएको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारि दिनुभएको छ । सुरक्षा कार्यमा खटिएका सुरक्षाकर्मीहरुले अहिलेसम्म दुर्घटना अधिकांशको शव निकालिएको जानकारि दिएका छन् ।

विमानमा चेपिएका, कतै खोचमा खरेकाको खोजी भैरहेको बताइएको छ । पाइलटले बस्ती जोगाउन हरसम्भव प्रयास गर्दै विमान सेती खोंचतिर लगेको आँकलन गरिएको छ । यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार विमानमा दुई पाइलट, दुई जना एयर होस्टेस र ६८ जना यात्रु सवार रहेका छन् । आगोको मुस्लो देखेसँगै स्थानीयसँगै सुरक्षाकर्मी पुगेर निभाउने लामो प्रयास गरेपनि सम्भव नभएपछि उद्धारमा ढिलाई भएको थियो ।

७२ जना सवारमध्ये ५३ जना नेपाली

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार दुर्घटनामा ४ जना चालक दलका सदस्यसहित कुल ७२ जना सवार विमान दुर्घटना भएको हो । जसमध्ये ५३ जना नेपाली, ५ जना भारतीय, रुसका ४ जना, आयरल्याण्डका एक, कोरियाका दुई, अर्जेन्टिनाका एक, अष्ट्रेलियाका एक र फ्रान्सका एक जना यात्रु रहेका थिए ।

उद्दारको लागि सम्पुर्ण शक्ति परिचालन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिनुभएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ