Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalविमान दुर्घटनाप्रति प्रधानमन्त्री र दलका नेताले गरे दुःख व्यक्त, प्रभावकारी उद्धारमा जोड

विमान दुर्घटनाप्रति प्रधानमन्त्री र दलका नेताले गरे दुःख व्यक्त, प्रभावकारी उद्धारमा जोड


काठमाडौं । पोखरामा भएको विमान दुर्घटनाप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री, दलका नेता र मुख्यमन्त्रीले उद्धारमा तिब्रता दिन जोड दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यती एयरलाइन्सको विमान दुर्घटनाप्रति दुःख व्यक्त गदै प्रभावकारी उद्धारका लागि निर्देशन समेत दिनुभएको छ ।

‘दुर्घटनाप्रति प्रचण्डले दुःख व्यक्त गर्दै प्रभावकारी उद्धारमा लाग्न गृह मन्त्रालय, सुरक्षाकर्मी, नेपाल सरकारका सम्पूर्ण निकायलाई निर्देशन दिनुभएको छ’ प्रचण्डको सचिवालयले भनेको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पोखरामा भएको यती एयरलाइन्स जहाज दुर्घटनाप्रति दुस्ख व्यक्त गर्दै प्रभावकारी उद्धारका लागि सरकारलाई आग्रह गर्नुभएको छ ।

यता, नेपाली कांग्रेसले विमान दुर्घटनामा परेका नागरिकको उद्धारलाई तीव्र बनाउन सरकारसँग आग्रह गरेको छ । उद्धारका लागि सबै संयन्त्र परिचालन गर्न सभापति शेरबहादुर देउवाले आग्रह गर्नुभएको हो । देउवाले घटनामा परी निधन भएकाहरुका श्रद्धाञ्जली र परिवारमा समवेदना व्यक्त गर्नुभएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पोखरामा यती एयरको विमान दुर्घटना भएकोमा दुःख व्यक्त गर्दै खोज, उद्धार र उपचारमा जुट्न अपील गर्नुभएको छ ।

खोचमा दुर्घटना भएको र आगोको मुस्लो निभाउन समय लागेकाले जिवित उद्धारको सम्भावना कमजोर देखिएको छ । केही गम्भिर घाइतेलाई उपचारका लागि अस्पताल लगिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ