पोखरामा दुर्घटना भएको विमानमा १५ जना विदेशी नागरिक, १ जना अष्ट्रेलियन

काठमाडौं। आइतबार बिहान कास्कीको पोखरामा दुर्घटना भएको यती एयरलाइन्सको विमानमा सवार ७२ जनामध्ये १५ जना विदेशी नागरिक रहेको पाइएको छ । यी विदेशीमा एक जना अष्ट्रेलियन नागरिक रहेका छन् ।
यती एयरलाइन्स स्रोतका अनुसार भारतका ५ जना, रुसका चार जना, दक्षिण कोरियाका २ जना तथा अस्ट्रेलिया, फ्रान्स, आयरल्यान्ड र अर्जेन्टिनाका एक/एक जना नागरिक दुर्घटनामा परेको विमानमा सवार थिए । विमानमा चालक दलका ४ सदस्य रहेका थिए । यात्रुमध्ये पनि ६ जना बालबालिका रहेका थिए । ३ जना शिशु रहेको बताइएको छ ।
तपाईको प्रतिक्रिया