Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalयी हुन प्रधानमन्त्री प्रचण्डका सारथी, रवी र लिङदेनजस्ता १५ नयाँ अनुहार

यी हुन प्रधानमन्त्री प्रचण्डका सारथी, रवी र लिङदेनजस्ता १५ नयाँ अनुहार


काठमाडौं । गत पुष १० गते नेकपा एमालेसहित ७ दल र केही स्वतन्त्र सांसदको समर्थनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेका थिए । पुस ११ गते तीन उपप्रधानसहित ४ विनाविभागिय मन्त्रीलाई सपथ खुवाएका प्रधानमन्त्री प्रचण्डले आज मन्त्रिमण्डललाई २३ सदस्यीय बनाएका छन् ।

सत्ता साझेदार दलमध्ये एमालेले सबैभन्दा बढी ८ वटा मन्त्रालय पाएको छ भने माओवादीले ३ वटा पाएको छ । रास्वपा र राप्रपाले तीन तीनवटा मन्त्रालय पाउँदा २ वटा मन्त्रालय पाएको जसपा सरकारमा सहभागि भएको छैन । जनमत पार्टीले एउटा मन्त्रालय पाएपनि मागेको मन्त्रालय नपाएको भन्दै असहमति चुलिएको छ । मंगलबार राष्ट्रपति भवन शितल निवासमा नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिएका छन् ।

यी हुन प्रचण्ड सरकारका मन्त्रीहरु

प्रधानमन्त्री : पुष्पकमल दाहाल प्रचण्ड
गोरखा क्षेत्र नं. २ बाट निर्वाचित नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहाल तेस्रो पटक प्रधानमन्त्री ।

उपप्रधानमन्त्रीसहित अर्थमन्त्री : बिष्णु प्रसाद पौडेल
रुपन्देही क्षेत्र नं. २ बाट चुनाव जितेका विष्णुप्रसाद पौडेल नेकपा एमालेका उपाध्यक्ष पनि हुन् । पार्टी अध्यक्ष ओली नेतृत्वको सरकारमा समेत पौडेल अर्थ मन्त्री बनेका थिए ।

उपप्रधानमन्त्रीसहित भौतिक पुर्वाधारमन्त्री : नारायणकाजी श्रेष्ठ
नेकपा माओवादी केन्द्रका वरीष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ राष्ट्रिय सभा सदस्य हुन् । उपप्रधान एवं भौतिक पूर्वाधार मन्त्रीको जिम्मेवारीसहित श्रेष्ठ प्रचण्ड सरकारका सारथी बनेका छन् ।

उपप्रधानमन्त्रीसहित गृहमन्त्री : रवि लामिछाने
पत्रकारिताबाट राजनीतिमा उदायका रबी लामिछाने राजनीतिका नयाँ अनुहार हुन् । निर्वाचन हुनुभन्दा केही महिना अघि राष्ट्रिय स्वतन्त्र पार्टी गठन गरेर मैदानमा होमिएका लामिछाने चितवन क्षेत्र नं. २ बाट भारी मतका साथ चुनाव जितेका थिए ।

उपप्रधानमन्त्रीसहित उर्जामन्त्री : राजेन्द्र लिङदेन
राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन झापा क्षेत्र नं. ३ बाट विजयी भएका थिए । उनले तीन हजार २७६ मतान्तरले कांग्रेसका प्रभावशाली नेत कृष्ण सिटौलालाई पराजित गरेका लिङदेन समेत सत्ता यात्राका नयाँ अनुहार हुन ।

नेकपा एमालेका मन्त्रीहरु :
एमालेबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी पदम गिरीले प्राप्त गरेका छन् । गिरी प्रतिनिधि सभा सदस्यको निर्वाचनमा पर्वत जिल्लाबाट विजयी भएका थिए । एमालेबाट परराष्ट्र मन्त्रालयको जिम्मेवारी डा. विमला राई पौडेलले पाएकी छिन् । डा. पौडेल मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनीत राष्ट्रियसभा सदस्य हुन् । यस्तै, रक्षा मन्त्रालय हरि उप्रेती, कृषि मन्त्रालयको जिम्मेबारी ज्वाला कुमारी साह र महिला बालबालिका मन्त्रालय भगवती चौधरीले पाएकी छन् । उप्रेती सर्लाही क्षेत्र नम्बर ३ बाट, साह बारा क्षेत्र नं. ३ बाट र चौधरी सुनसरी क्षेत्र नंं. ३ बाट प्रतिनिधि सभाको निर्वाचनमा निर्वाचित भएका थिए । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दामोदर भण्डारी र भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारी राजेन्द्र राईले पाएका छन् । भण्डारी बैतडीबाट र राई धनकुटाबाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए ।

नेकपा माओवादी केन्द्रका मन्त्रीहरु :
माओवादी केन्द्रबाट सञ्चार सूचना तथा प्रविधि मन्त्रालयको जिम्मेवारी रेखा शर्माले पाएकी छिन् । दाङ क्षेत्र नं. २ बाट एमालेका महासचिव शंकर पोखरेललाई हराउँदै शर्माले चुनाव जितेकी थिइन् । माओवादीबाटै पर्यटन मन्त्रीमा सुदन किराती र सामान्य प्रशासन मन्त्रीमा अमनलाल मोदी नियुक्त भएका छन् । किराती भोजपुरबाट निर्वाचित र मोदी मोरङ ४ बाट निर्वाचित सांसद हुन । माओवादीबाटै संस्कृति पर्यटन राज्यमन्त्रीमा सुशीला श्रीपालीले अवशर पाएकी छिन । प्रचण्ड सरकारमा दलीतबाट अवशर पाउने श्रीपाली एक्ली हुन ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट मन्त्रीहरु :
राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिक्षा मन्त्रीमा शिशिर खनाल र श्रम तथा रोजगार मन्त्रीमा डिपी अर्याल नियुक्त भएका छन् । खनाल काठमाडौं क्षेत्र ६ बाट निर्वाचित भएका थिए भने अर्याल समानुपातिकबाट सांसद बनेका हुन् । रास्वपाबाटै स्वास्थ्य राज्यमन्त्रीमा लतिलपुर क्षेत्र नं. ३ बाट निर्वाचित डा. तोषिमा कार्की अवशर पाएकी छिन् ।

राप्रपाबाट तीन मन्त्री, एक राज्यमन्त्री
सहरी विकास मन्त्रीमा विक्रम पाण्डे र कानून मन्त्रीमा ध्रुवबहादुर प्रधान नियुक्त भएका छन् । पाण्डे चितवन ३ बाट र प्रधान पश्चिम नवलपरासी २ बाट निर्वाचित सांसद हुन् । राप्रपाबाटै मकवानपुर १ बाट निर्वाचित दिपक बहादुर सिंह ऊर्जा राज्यमन्त्री बनेका छन् ।

समानुपातिकबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका जनमत पार्टीका उपाध्यक्ष अब्दुल खान खानेपानी मन्त्रीमा असन्तुष्ट भएसँगै पदभारग्रहणमा सहभागि भएका छैनन ।

प्रचण्ड सरकारमा मन्त्री र राज्यमन्त्री बनेका २३ मध्ये १५ जना नयाँ अनुहार हुन । नयाँ दल रास्वपा र राप्रपासँगै एमाले र माओवादी केन्द्रले समेत वर्तमान सरकारमा नयाँलाई अवशर दिएका छन् । प्रचण्ड सरकारमा राष्ट्रिय सभाबाट दुई जनाले मन्त्री बन्ने अवशर पाएका छन् । ७ जना महिलाले मन्त्री मण्डलमा अवशर पाएका छन् । पहिलो पटकको चुनावी प्रयासमै २० सिटे हैसियतसहित संसदमा उदाएको रास्वपाका ४ जना मन्त्री नै खस आर्य रहेका छन् ।।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ