Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalफ्रान्स पठाउने बहानामा १९ लाख ठगी गर्ने एकजना काठमाडौंबाट पक्राउ

फ्रान्स पठाउने बहानामा १९ लाख ठगी गर्ने एकजना काठमाडौंबाट पक्राउ


काठमाडौं । फ्रान्स पठाइदिन्छु भनेर विभिन्न व्यक्तिसँग १९ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका—८ घर भई हाल काठमाडौंको चन्द्रागिरी नगरपालिका–५ सतुङगल बस्दैआएका ४६ वर्षीय महत थरका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सतुङ्गलबाट ठगी अभियोगमा पक्राउ गरेका व्यक्तिलाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको छ । राजेन्द्र रानामगरसहित ३ जनासँग प्रतिव्‍यक्ति १० लाख रुपैयाँ भन्‍दै पटक पटक गरेर १९ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको अभियोगमा प्रहरीमा उजूरी परेको थियो । पक्राउ अभियुक्तमाथी अनुसन्धानसँगै थप कानुनी कारबाही अघि बढाइने विभागले जानकारि दिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ