Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsबारम्बार मन्त्रीको अनुगमन, सुधार होला त त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ?

बारम्बार मन्त्रीको अनुगमन, सुधार होला त त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ?


काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन गरेर तत्काल सुधारका काम थाल्न निर्देशन दिनुभएको छ । बिहानपख नै विमानस्थल पुग्नुभएका न्त्री किरातीले सरसफाइ र आगमन कक्षतर्फका लिफ्ट, स्केलेटर, ट्रयाबलेटरको अनुगमन गरेर व्यवस्थित र सुरक्षित बनाउन निर्देशन दिनुभएको हो ।

विमानस्थलका प्रमुख प्रेमनाथ ठाकुरले विमानस्थलका शौचालयहरू सफा राख्न र आगमन कक्षलाई व्यवस्थित अनि सुरक्षित राख्न मन्त्री किरातीले निर्देशन दिएको बताउनुभयो । विमानस्थलमा आगमनतर्फ अहिले तीन वटा लिफ्ट र एक/एकवटा ट्रयाबलेटर रहेका छन् । केही दिनअघि मात्रै एक अभिनेत्री उषा रजक त्यहाँ अड्किएर लडेपछि विमानस्थलको व्यवस्थापनमा प्रश्न उब्जिएको थियो । अहिले लिफ्टहरूमा ट्रली निषेध गरिएको छ ।

समस्या नआओस भनेर ट्रली निषेध गरेर थप व्यवस्थित गर्न लागिएको विमानस्थलका प्रमुख ठाकुरले बताउनुभएको छ । आगमनतर्फ लिफ्ट अझै थप्न आवश्यक रहेको बारे मन्त्रीलाई जानकारि गराइएको ठाकुरले बताउनुभयो । मन्त्रीले समस्यासँगै सुधार भएनभएको हेर्न नियमित जस्तो अनुगमन गरिने बताउनुभएको छ । यसअघिका हरेक मन्त्रीले अनुगमनलाई प्राथमिकता दिदैआएपनि विमास्थल सुधार हुन नसकेको भन्दै जनस्तरबाट गुनासो आउने गरेको थियो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ