Saturday, 18 May 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियाको न्यु क्यासलमा दुई नेपाली युवामाथी छुरा प्रहार, अभियुक्त खोज्दै प्रहरी

अष्ट्रेलियाको न्यु क्यासलमा दुई नेपाली युवामाथी छुरा प्रहार, अभियुक्त खोज्दै प्रहरी


अष्ट्रेलिया । न्यु साउथ वेल्सको न्यु क्यासलमा दुई जना नेपाली युवामाथी छुरा प्रहार भएको छ । कामबाट फर्किदैगर्दा दुई नेपालीमाथी दुई जना पुरुष र एक महिलाको समूहले आक्रमण गरेका हुन ।

बुधबार राती छुरा प्रहार गरिएका एक युवाको घाँटीमा र एक जनाको पाखुरामा चोट लागेको पाइएको छ । दुबै घाइते युवाको अवस्था सुधारोन्मुख रहेको र स्थानीय जोन हन्टर अस्पतालमा उपचार भैरहेको छ । घाइते युवालाई भेट्न आफन्तहरु सिड्नीबाट न्यु क्यासल आउनेक्रममा रहेका छन् । घाईत युवा मध्ये एक २५ र एक २८ वर्षीया रहेको बताइएको छ । दुई नेपाली युवाहरु एक भारतीय रेस्टुरेन्टमा सेफका रुपमा काम गर्ने गरेको पाइएको छ । आक्रमणकारीले २५ वर्षिया घाइतेको पर्स समेत लुटेर लगेका छन् ।

घटनास्थललाई नियन्त्रणमा लिएर यतिबेला स्थानीय प्रहरीले आवश्यक अनुसन्धान अघि बढाइरहेको छ । घटनास्थलको विशेषज्ञ फरेन्सिक प्रहरीले जाँच गरेका छन भने सीसी टीभी फुटेजको खोजीमा अनुसन्धान अधिकारीहरु जुटेका छन् ।


ट्याग : ## Nepali in Australia # New Castle
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ