Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalपटक–पटक गृहमन्त्रीको निर्देशन, पक्राउ पर्दैनन फरार सूचीका एमाले सांसद !

पटक–पटक गृहमन्त्रीको निर्देशन, पक्राउ पर्दैनन फरार सूचीका एमाले सांसद !


काठमाडौं । कर्तव्य ज्यान मुद्दाको अभियोगमा फरार सूचीमा रहेका सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न उपप्रधान एवं गृहमन्त्री रबी लामिछानेले बारम्बार निर्देशन दिएको दाबी गरिरहनुभएको छ । शुक्रबार त गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई बारम्बारको निर्देशन बेवास्ता गरिएको भन्दै थप निर्देशन नै दिएको छ ।

मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले विज्ञप्तिमा कोइरीलाई पक्राउ गरी तत्काल कारबाही प्रक्रिया अगाडि बढाउन निर्देशन दिइएको उल्लेख छ । विज्ञप्तिमा गृहमन्त्रीले पटकपटक मौखिक निर्देशन दिँदा पनि सांसद कोइरी पक्राउ नपरेकोमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको बताइएको छ । प्रधानमन्त्रीलाई विश्वासको मत दिने क्रममा फरार सूचिका सांसद संसदमा उपस्थित भएको बारे सञ्चारमाध्यमले समाचारमार्फत जानकारि गराएपछि गृहमन्त्री लामिछानेले तत्काल पक्राउ गर्न निर्देशन दिइएको जिकिर गर्नुभएको थियो । अहिलेसम्म पक्राउ नगरेको भन्दै आलोचना बढेपछि र विगतका अभिव्यक्तिहरुमाथी टिका टिप्पणी बढ्न थालेपछि गृहमन्त्री लामिछानेले आफूले बोलेका एक एक शब्दको हेक्का रहेको र सुधारको प्रयासमा रहेको प्रष्टिकरण नै दिनुभएको छ ।

महोत्तरी क्षेत्र नं १ बाट प्रतिनिधि सभामा विजयी एमाले सांसद कोइरीमाथि कर्तव्य ज्यान मुद्दाको अभियोग लागेको छ । बिहीवार सभामुख निर्वाचनमा समेत सांसद कोइरी उपस्थित भइरहँदा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले कुनै कारबाही बढाउन नसकेको भन्दै नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले प्रश्न उठाउनुभएको थियो । कतिपय अवस्थामा दोषी व्यक्तिलाई कानुन सम्मत रुपमा पक्राउ गर्न संरचनागत कठिनाइ रहेको गृहमन्त्री लामिछानेले दाबी गरेपनि सत्तासहकार्यका कारण कठिनाई भएको भन्दै आलोचना भैरहेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ