Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsसिड्नीमा नेपाली फेशन शो । निती शाहको क्याटवाकले थप्यो रौनक (फोटो फिचरसहित)

सिड्नीमा नेपाली फेशन शो । निती शाहको क्याटवाकले थप्यो रौनक (फोटो फिचरसहित)


सिड्नी 

गत शुक्रबार साँझ सिड्नीमा नेपाली शैली झल्कने फेसन शो आयोजना भएको छ । नेपाली डिजाइनर र पोशाकलाई प्रोत्साहन गर्न एम्पाएर इन्टरनेशनल एजुकेशन तथा योर स्टाइल अष्ट्रेलियाले शोको आयोजना गरेको हो । कार्यक्रमलाई इजी होमले साथ दिएको थियो ।

शोको मुख्य आकर्षण बनेकी थिइन मिस नेपाल इन्टरनेशनल २०१७ की बिजेता निती शाह । नेपालका ख्याति प्राप्त डिजाइनर उत्तम बनेपालीले डिजाइन गरेका पोशाकमा सजिएर क्याटवाकमा उत्रिएकी शाहले धेरैको ध्यान खिचेकी थिइन् ।


शाहसंगै नायिका रुबिना श्रेष्ठ, टिकटकमा रुचाइएकी अन्जु भण्डारी र स्नेहा पौडेलले समेत क्याटवाक गरेका थिए । अष्ट्रेलियामै बसोबास गर्ने २१ जना मोडलसमेत ¥याम्पमा उत्रिदा शोको गरिमा झनै बढेको थियो । बनेपालीको डिजाइनमा क्याटवाक गर्न अष्ट्रेलियामा बसोबास गर्ने १४ महिला र ७ जना पुरुष मोडलहरुलाई अडिसनबाट छनोट गरिएको थियो ।
शोमा मोडलहरुलाई नायक तथा कोरियोग्राफर निराजन लुइटेलले कोरियोग्राफी गरेका थिए । हालै अष्ट्रेलियाबाट प्रदर्शन सुरु गरेको सुपर गोर्खे चलचित्रका नायक समेत रहेका लुइटेल बिगत १२ वर्षदेखि यस क्षेत्रमा सक्रिय छन् । उनले अष्ट्रेलियामा कोरियोग्राफी गरेको यो तेस्रो फेसन शो हो ।
शोका लागि बनेपालीले चार प्रकारका पोशाक डिजाइन गरेका थिए । महिला मोडलहरु ६० को दशकको रेट्रो डिजाइन, पश्चिमी गाउन, लेहेगां अनि क्याजुल पोशाकमा सजिएर ¥याम्पमा उत्रिएका थिए । भने पुरुष मोडलहरुका लागि कोट पाइन्टको डिजाइन गरिएको थियो ।
विदेशीमा बसेका नेपालीहरुले नेपालीपनकै पोशाक मनपराईदिने भएकाले पनि नेपाली शैलीको डिजाइनमा आफुले जोड दिने गरेको डिजाइनर बनेपालीको भनाई छ । विदेशीभूमीमा नेपाली पोशाकको प्रदर्शन गर्न पाउदा खुसी लागेको उनको भनाई थियो ।
शोमा प्रदर्शन गरिएका झण्डै ८० थान पोशाकमध्ये आधा भन्दा बढी बिक्री भइसकेको आयोजक नमित चन्द ठकुरीले बताउनुभयो । बाँकी पोशाकहरु छिट्टै प्रर्शदनमा राखेर बिक्री गरिने आयोजकको तयारी छ ।

फोटो फिचर (तस्बिरहरु – फोटो क्लिकर)

 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ