Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepal गृहमन्त्री रवीको नागरिकता बिवादको सुनुवाई  सकियो, कस्तो आउला फैसला ? 

 गृहमन्त्री रवीको नागरिकता बिवादको सुनुवाई  सकियो, कस्तो आउला फैसला ? 


काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसुनुवाई को नागरिकता विवादसम्बन्धी मुद्दाको सुनुवाइ सकिएर आजै फैसला आउने आँकलन गरिदैगर्दा सर्वोच्च अदालत आसपासको सुरक्षा व्यवस्था कडा पारिएको छ । मुद्दाको आदेशबारे न्यायाधीशहरू छलफलमा बसेपछि सुरक्षाकर्मी तैनाथ बढाइएको हो ।

गृहमन्त्री लामिछाने विरुद्धको मुद्दाको बुधबार र शुक्रबाट दुई दिन भएको थियो । रिट निवेदक तर्फका कानुन व्यवसायीहरुले रवी नेपाली नागरिकको हैसियतमा नभएको नागरिकता पुनः प्राप्तिको प्रक्रिया मिचेको भन्दै बहस गर्दा रवी पक्षका कानुन व्यवसायी र सरकारी वकिलहरुले रवीले पुनः नागरिकता प्राप्तिको प्रक्रियामा त्रुटी गरेको भएपनि पहिला नत्यागेकाले अमेरिकाको नागरिकता त्यागेपछि स्वत प्राप्ती भएको जिकिर प्रस्तुत गरेका थिए । संबैधानिक इजलासका न्यायधीसहरु बहस र लिखित नोटको अध्ययनमा जुटेकाले आजै फैसला आउने सम्भावना बलियो छ । अदालत आसपास पत्रकारदेखि सर्वसाधरण पनि फैसलाको व्यग्र प्रतीक्षामा रहदा प्रहरीको बाक्लो उपस्थिति रहेको छ ।

कामुप्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई, अनिल कुमार सिन्हाको संवैधानिक इजलासमा लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ भएको थियो । यो आदेशले नागरिकता बिवादमा नयाँ नजिर स्थापित गर्नेछ ।

अमेरिकी नागरिकता र पासपोर्ट प्राप्त गरेसँगै नेपाली नागरिकता स्वतः बदर हुनेमा लामिछानेले नेपाल फर्केर दल दर्ता तथा प्रतिनिधिसभामा उम्मेदवार बन्दा पुरानै नागरिकता प्रयोग गरेको उनीमाथि आरोप छ । यहि प्रश्न उठाएर सर्वोच्च अदालतमा दायर गरिएको रिटको आदेश आउन लागेको हो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ