Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalसंवैधानिक इजलासको फैशला : गुम्यो रवी लामिछानेको संसद र उपप्रधान एवं गृहमन्त्री पद

संवैधानिक इजलासको फैशला : गुम्यो रवी लामिछानेको संसद र उपप्रधान एवं गृहमन्त्री पद


काठमाडौं । सर्वोच्च अदालतले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कानूनबमोजिम नेपालको नागरिकता पुनः प्राप्त नगरेको ठहरसहितको फैसला सुनाएको छ । अमेरिकी नागरिकता त्यागेपछि नेपालको नागरिकता पुनः प्राप्ति नगरी खारेज भइसकेको नागरिकता प्रयोग गरेको भन्दै संवैधानिक इजलासले रविले नेपाली नागरिकका रुपमा गरेका सबै कार्य अवैध हुने ठहरसहितको फैसला सुनाएको हो ।

संवैधानिक इजलासको यो फैसलासँगै रवि लामिछानेको मन्त्री तथा सांसद दुबै पद खारेज भएको छ । अदालतको फैशलाले रवी राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति बन्न समेत अयोग्य भएका छन् । नागरिकता सन्दर्भमा नेपालको अदालतबाट भएको यो अहिलेसम्मकै ठूलो फैसला हो । लामिछानेविरुद्ध अधिवक्ता रविराज बसौलाले सर्वोच्चमा मुद्दा दायर गरेका थिए । लामिछाने प्रतिनिधिसभाको उम्मेदवार हुन अयोग्य रहेको भनेर निर्वाचन आयोगमा समेत उजुरी परेकोमा आयोगले कुनै निर्णय नगरेपछि उनी दोब्बर मतान्तरले विजयी भएका थिए ।

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको संवैधानिक इजलासमा न्यायाधीशहरू विश्वम्भर श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्ह रहेको संवैधानिक इजलासले गरेको फैसलाले नागरिकता प्रकरणमा नयाँ नजिर स्थापित गरेको छ ।

यसरी हुनसक्छ उपप्रधान र गृहमन्त्रीको पद थमौती
सर्वोच्च अदालतले सांसद पद खारेज गरेसँगै रवि लामिछानेको उपप्रधान तथा गृहमन्त्री पद पनि गएको छ । फैसला प्राप्त हुनासाथ महान्यायाधिवक्ता कार्यालयमा वरिष्ठ सरकारी वकिलहबिच छलफल भएको छ । नागरिकता प्रकरणमा संसद पद नै नरहेकाले तत्काल दुबै पद नरहेपनि तत्काल नागरिकता लिएर संविधानमा भएको ६ महिने प्रावधान अनुसार रवीको सरकारमा पुनर्नियुक्त हुनसक्नेतर्फ समेत धेरैको आँकलन छ । यस बारेमा सरकारी वकिलबीच छलफल भैरहेको छ ।

कसरी प्राप्त हुन्छ नागरिकता ?
सर्वोच्च अदालतको आदेशले पदमुक्त भएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने प्रक्रिया पूरा गरेर नागरिकता लिन चाहेमा तत्काल नागरिकताको प्रमाणपत्र लिन पाउने छन् । जिल्ला प्रशासन कार्यालयका काठमाडौंका अनुसार सर्वोच्च अदालतको संक्षिप्त निर्णयमा कुनै नकारात्मक टिप्पणी र आदेश नभएमा प्रक्रिया पुर्याएर नागरिकताको प्रतिलिपी लिन पाउने छन् । अमेरिकी नागरिकता त्यागिसकेको अवस्थामा नेपाली नागरिकता पुनः प्राप्तिको प्रक्रिया पुरा गरेर रवीले तत्कालै नागरिकता प्राप्त गर्नसक्ने उनी पक्षका कानुन व्यवसायीले समेत बताएका छन् ।

अदाली फैसलामा चित्त बुझाउन नसकिएको भन्दै अहिले रवी समर्थकहरु प्रदर्शनमा उत्रिएका छन् ।

यस्तो छ संक्षिप्त फैसला :



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ