Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalअदालती आदेशको तरंग : रवीका यस्ता छन विकल्प, रास्वपा सभापति बने श्रममन्त्री अर्याल

अदालती आदेशको तरंग : रवीका यस्ता छन विकल्प, रास्वपा सभापति बने श्रममन्त्री अर्याल


काठमाडौं । सर्वोच्च अदालतले रवि लामिछाने सांसद हुन अयोग्य रहेको आदेश सुनाएसँगै उपप्रधानमन्त्री तथा गृहमन्त्री पद समेत गुमेको छ । संसद पद गुमेसँगै प्रतिनिधि सभातर्फ चितवन क्षेत्र नं २ मा अब उपनिर्वाचन हुने भएको छ । सर्वोच्चबाट फैसलाको पूर्ण पाठ र औपचारिक जानकारी आएपछि सरकारसँग परामर्श गरेर उपनिर्वाचनको प्रक्रिया सुरू गर्ने तयारीमा निर्वाचन आयोग जुट्दा रवीले के गर्लान धेरैले चासोका साथ हेरिरहेका छन् ।

यस्तो हुनसक्छ रवीको आगामी राजनीतिक यात्रा
एमालेका कृष्णभक्त पोखरेल र कांग्रेसका उमेश श्रेष्ठलाई पराजित गरेर लोकप्रिय मतसहित चुनाव जितेका रवी लामिछाने नै उप निर्वाचनको उम्मेदवार बन्ने चर्चा समेत चलिरहेको छ । लामिछानेले नेपाली नागरिकता पुनः प्राप्तीको प्रक्रिया अघि बढाएमा केही दिनमै बैधानिक रुपमा नागरिकता प्राप्त गर्नेछन् । यसपछि संविधानमा रहेको गैह्र सांसद समेत ६ महिनाका लागि मन्त्री बन्न पाउने व्यवस्था अनुसार उपप्रधान एवं गृहमन्त्रीमा समेत पुनःनियुक्तिको प्रक्रिया अघि बढ्न सक्छ । चितवन २ को उपनिर्वाचनको उम्मेदवार बनेमा जित हासिल गरेर पुन संसदमा रवी नै आइपुग्ने आँकलन गरिएको छ । अव नागरिकता पुनः प्राप्तीको प्रक्रियाबाट नेपाली नागरिकता लिने अनि प्रक्रियागत रुपमा चितवन २ को उपनिर्वाचनमा सहभागी भएर संसद बन्दै रवी लामिछाने पार्टी सभापति, संसदीय दलको नेता, उपप्रधान एवं गृहमन्त्री कै पदमा लाइपुग्ने प्रक्रिया थप गतिशिल बनाउने आँकलन गरिएको छ ।

श्रममन्त्री डोलप्रसाद अर्याल बनेका रास्वपाका कार्यवाहक सभापति र दलको नेता
राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति समेत रहेका श्रममन्त्री डोलप्रसाद अर्याल कार्यवाहक सभापति र दलको नेता चयन भएका छन् । नागरिकता प्रकरणमा संबैधानिक इजलासको आदेसबाट सभापति पदमुक्त भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीको आकस्मिक बैठकले कार्यबाहक सभापतिसँगै दलको नेताको जिम्मेवारी अर्याललाई दिएको हो । महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले केन्द्रीय समितिको निर्णय संसदीय दलको आगामी बैठकले अनुमोदन गर्ने जानकारि दिनुभयो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ