Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaनेपालस्थित सरकारी कार्यालयको सर्भर डाउन, सयौँ विमानस्थलमै अलपत्र

नेपालस्थित सरकारी कार्यालयको सर्भर डाउन, सयौँ विमानस्थलमै अलपत्र


काठमाडौं । त्रिभुवन विमानस्थलस्थित अध्यागमन विभागको वेबसाइटमा समस्या आएपछि करिब डेढ घण्टा भन्दा बढी समयदेखि विमान उडान रोकिएको छ । अहिले त्रिभुवन विमानस्थलबाट उड्नुपर्ने जहाज रोकिएपछि  सयौँ यात्रुहरु अलपत्र छन् भने विदेशबाट नेपाल आएका यात्रुहरु समेत मारमा परेका छन् ।

फ्लाई दुबई, इन्डिगो एयर, एयर इन्डिया लगायत ६ भन्दा बढी अन्तर्राष्ट्रिय उडान रोकिएको त्रिभुवन विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले नेपालट्युबलाई जानकारि दिनुभयो । यता, अध्यागमन विभागले सबै सरकारी वेवसाइटमा समस्या आएको बताएको छ । राष्ट्रिय सूचना प्रविधि केन्द्रमै समस्या आएर सबै सरकारी वेबसाइट डाउन भएकाले अध्यागमनको वेबसाइट पनि नचलेको बताउँदैगर्दा यात्रुहरु भने निक्कै ठूलो मारमा परेका छन् ।

अष्ट्रेलियाबाट नेपाल आएको एक परिवार विमानस्थलमै अड्कियो
मलेसियन एयरबाट अष्ट्रेलिया, क्वालालम्पुर हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आएको एउटा परिवार ३ घण्टादेखी अलपत्र परेको छ । ४ जना नेपाल आएकोमा आमा र बुहारी नेपाली राहदानीमै यात्रारत हुनुहुन्थ्यो । तर अष्ट्रेलियामा जन्मिएर उतैका राहदानी बाहक बनेका दुई बालबालिकाको अध्यागमनबाट भीषा लगाउने प्रक्रियामा अवरोध भएपछि बच्चाहरुको रुवावासी विमानस्थलमै भएको छ । एक ९ महिनाको र अर्को २ वर्ष ८ महिनाको बच्चा बोकेर नेपाल आएकी श्रीमती र साथमै रहनुभएकी आमाले अध्यागनको सर्भर डाउन भएका कारण पाउनुसम्मको दुख पाएको अष्ट्रेलियाम रहनुभएका उहाँहरुका आफन्तले नेपालट्युबलाई जानकारि दिनुभएको छ । अब यसरी कुनै पनि नागरिकले दुख नपाउनेगरि व्यवस्थापन गर्न पीडित परिवारले सरकारलाई सुझाब समेत दिएको छ । यो परिवार जस्ता अरु सयौँ यात्रु उडान रोकिएपछिको मार खेप्न बाध्य बनेका छन् ।

विमानस्थलको अध्यागमन विभाग कार्यालय मात्रै नभएर सर्भर डाउन भएका कारण सबै सरकारी कार्यालयका वेवसाईड बन्द भएका छन् । सर्भरमा देखिएको समस्या समाधानको पहल भैरहेको राष्ट्रिय सूचना प्रविधि केन्द्रले जानकारि दिएको छ । राष्ट्रिय सूचना प्रविधि केन्द्रका प्रवक्ता रमेश पोखरेलले सर्भरमा ह्याकहरुको आक्रमण भएका कारण सरकारी वेबसाइट बन्द भएको र यो समस्या आधा घण्टाभित्र समाधान गर्ने गरी काम भइरहेको बताउनुभएको छ ।


ट्याग : #Nepal Government Website down #airport #kathmandu #nepal #wesite
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ