सर्भर डाउनको मार, घण्टौँ रोकिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान सुचारु
काठमाडौं । त्रिभुवन विमानस्थलस्थित अध्यागमन विभागको वेबसाइटमा समस्या आएपछि प्रभावित भएको उडान सुचारु भएको छ । करिब २ घण्टा विमान उडान रोकिएपछि उडान सुचारु भएको हो ।
घण्टौँ उडान रोकिदा त्रिभुवन विमानस्थलमा नाराबाजी नै भएको थियो । सयौँ यात्रुहरु अलपत्र परेका थिए । विदेशबाट नेपाल आएका यात्रुहरु समेत अध्यागमनको बेभसाईड नचल्दा मारमा परेका थिए । फ्लाई दुबई, इन्डिगो एयर, एयर इन्डिया लगायत ६ भन्दा बढी अन्तर्राष्ट्रिय उडान रोकिएकोमा अहिले सबै उडान सुचारु हुने अवस्था आएको त्रिभुवन विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले जानकारि दिनुभयो ।
राष्ट्रिय सूचना प्रविधि केन्द्रले सबै सरकारी वेबसाइट डाउन भएकाले समस्या समाधानको प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारि दिएको छ । सरकारी वेबसाइटमा विदेशबाट धेरै ‘ट्राफिक’ आएकाले समस्या भएको र अहिले समाधानको अन्तिम चरणमा रहेको राष्ट्रिय सूचना प्रविधि केन्द्रका प्रवक्ता रमेश पोखरेलले जानकारि दिनुभएको छ ।
तपाईको प्रतिक्रिया