Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalरवि पार्टीमा जस्तै सरकारमा पुरानै शक्तिमा उदाउलान ? यस्तो छ भित्रि तयारी

रवि पार्टीमा जस्तै सरकारमा पुरानै शक्तिमा उदाउलान ? यस्तो छ भित्रि तयारी


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको ४८ घण्टा नपुग्दै पार्टी राजनीतिमा पुरानै शक्ति आर्जन गरेका छन् । नागरिकता विवादमा सर्वोच्च अदालतले शुक्रबार सांसद पद खारेज गरेपछि लामिछानेले उपप्रधान तथा गृहमन्त्री र पार्टी सभापति पद समेत गुमाएकोमा आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकता लिएसँगै पार्टी सभापतिमा पुनः नियुक्ति पाएका हुन् ।

दिउँसो नागरिकता लिएका उनी अपरान्ह पार्टी सभापति चुनिएका थिए भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटेर साँझ उपप्रधान तथा गृहमन्त्री बन्ने रुची देखाएका थिए । गैरसांसदलाई मन्त्री बनाउनेसक्ने संविधानको धारा ७८ को व्यवस्थालाई टेकेर फेरि उपप्रधान तथा गृहमन्त्री हुन चाहेको संकेत गरेका रवीको चाहाना बारे रास्वपाका नेताहरुले आफै पुष्टि गरेका छन् । पार्टी बैठकमा औपचारिक छलफल नभएपनि अनौपचारिक छलफलहरुमा निकटवर्ती नेताहरुले प्राविधिक कारण मात्र सांसद र मन्त्री पद गएको भन्दै फर्किनुपर्ने बताउने गरेका छन् । चितवन २ मा हुने उपचुनाव जितेर आउने भन्दै उनीहरु अहिले मन्त्री बनाउँदा कुनै समस्या नहुने तर्क उनी निकटकाहरुको रहेको छ ।

रास्वपा महामन्त्री मुकुल ढाकालले पनि गृहमन्त्रालय आफ्नो दलको भएकाले अरुले लिने निर्णय गर्न नपाउने बताएर रवीको पुनरागमनको शंकेत गरेका छन् । रास्वपामा समस्या आएको र त्यसलाई आफूहरुले समाधान पनि गरिसकेको भन्दै ढकाललले भनेका छन्, ‘गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीमा जिम्मेवारी हो, निर्णय गर्ने अधिकार पनि राष्ट्रिय स्वतन्त्र पार्टीलाई नै छ ।’

सांसद नहुँदै उपप्रधान तथा गृहमन्त्री बन्ने रविको चाहनामा सत्तारुढ गठबन्धनको ठूलो दल नेकपा एमाले सकारात्मक छ । यता, माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले भने सत्तारुढ गठबन्धनमा रहेका दलका शीर्ष नेताहरुसँग परामर्श गर्ने आश्वासन मात्र दिएर अनइच्छा व्यक्त गरिरहेका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ