Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalरवि लामिछानेको पार्टी सरकारबाट बाहिरियो, समर्थन भने यथावत !

रवि लामिछानेको पार्टी सरकारबाट बाहिरियो, समर्थन भने यथावत !


काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिने भएको छ । नागरिकता प्रकरणबाट सांसद पदसँगै उपप्रधान एवं गृहमन्त्री पद गुमाएका सभापति लामिछानेलाई मन्त्री नबनाउने र गृहमन्त्रालय रास्वपालाई नदिने सन्देश प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दिएसँगै रास्वपाले सरकार छाड्ने निर्णय गरेको हो ।

पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त वैठकले सरकारमा निरन्तरता दिने वा नदिनेबारे छलफल गरेर सरकारबाट मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको प्रवक्ता डा. मुकुल ढकालले जानकारि दिनुभयो । आजको निर्णयले रास्वपाको सत्तायात्रा अल्पायूमै टुंगिएको छ । सरकारबाट बाहिरिने निर्णय लिएपनि राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन भने कायम राख्ने भएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ