Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaनेपाली इन्जिनियर एलेक्स न्यु साउथ वेल्स राज्य सांसद उम्मेदवार, जित्नेमा आशावादी !

नेपाली इन्जिनियर एलेक्स न्यु साउथ वेल्स राज्य सांसद उम्मेदवार, जित्नेमा आशावादी !


ब्रिजबेन । ३९ वर्षका नेपाली इन्जिनियर एलेक्स कार्की यतिबेला अष्ट्रेलियाको न्यु साउथ वेल्सका राज्य सांसद बन्ने योजनासहित चुनावी अभियानमा होमिनुभएको छ । न्यु साउथ वेल्सको सिड्नीमा मार्च २५ मा हुने राज्य संसदको निर्वाचनमा मुख्य दल मध्येको एक लेभर पार्टीले उम्मेदवारको टिकट दिएसँगै कार्की चुनावी अभियानमा होमिनुभएको हो ।

न्यु साउथ वेल्सको ९३ निर्वाचन क्षेत्रमध्ये केलेभेलमा नेपाली मुलका अष्ट्रेलियन नागरिक एलेक्स उम्मेद्वार बन्नु भएको छ । यसअघिकोस्थानीय तह निर्वाचन अन्तर्गत सिड्नीको द हिल स्राइन काउन्सिलको काउन्सिलर पदमा टिकट पाएपनि जित हात पार्न नसक्नुभएका कार्की अहिलेको राज्य सांसद पदमा जित्नेमा आशावादी हुनुहुन्छ ।

सिड्नीमा एलेक्स कार्की मात्रै नभएर धेरै नेपाली मुलका अष्ट्रेलियनहरु स्थानीय,राज्य र संघीय निर्वाचनमा होमिने क्रम बढेको छ । नेपालीमुलका अष्ट्रेलियनहरु मुलधारमा अल्पसंख्यकमा पर्ने भएकाले हामी पनि केही गर्न सक्छौ भन्ने सन्देश दिन निरन्तर राजनीति गरिरहेको, आफुले उमेद्वारी दिएको एलेक्सले नेपाल ट्युबसँग बताउनुभएको छ । ‘जितहार जे पनि हुन सक्छ‘- एलेक्सले भन्नुभयो- ‘तर मैले दिएको उमेद्वारीले अरु सयौं नेपाली युवालाई हामी पनि मुलधारको राजनीतिमा आउन सक्छौ है भन्ने सन्देश दिनु महत्वपुर्ण हुन्छ । तर आगामी निर्वाचन जित्नेमा आशावादी छु ।’

को हुन त एलेक्स कार्की ?
पेशाले सिभिल इन्जिनियर एलेक्स सन् २००३ मा अध्ययनका लागि अष्ट्रेलिया आउनु भएको हो । दोलखा स्थाइ घर भएका एलेक्सले सिड्नीको युनिभर्सिटी अफ न्यु साउथ वेल्समा अध्ययनकै समयमा सन् २००७ मा लेभर पार्टीको सदस्यता लिनुभएको थियो । विभिन्न समयमा विश्वविद्यालयको शैक्षिक बोर्डहरुमा निर्वाचित भएर एलेक्सले विद्यार्थी हकहितका लागि काम गरिसक्नुभएको छ । विद्यँर्थीकालमै सिड्नी सिटी काउन्सिलमा समेत काम गरिसक्नु भएका एलेक्स हाल राज्य सरकारको यातायात विभागमा कार्यरत हुनुहुन्छ ।

यसअघिको स्थानीय निर्वाचनमार्फत न्यु साउथ वेल्स राज्यको सिड्नीमा भद्रा वाईवा र साउथ अष्ट्रेलियामा रेनुका लामा काउन्सिलरका रुपमा निर्वाचित भैसक्नु भएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ