Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaचर्चित मास्टर सेफ साह अष्ट्रेलिया आउँदै, नमस्ते रेस्टुरेन्टमार्फत नेपाली खानाको प्रवर्धन गरिने

चर्चित मास्टर सेफ साह अष्ट्रेलिया आउँदै, नमस्ते रेस्टुरेन्टमार्फत नेपाली खानाको प्रवर्धन गरिने


काठमाडौं । आउँदो मे ३ देखि ७ तारिखसम्म अस्ट्रेलियाको नमस्ते रेस्टुरेन्टमा नेपाली खानाको प्रवर्धन कार्यक्रम आयोजना गरिने भएको छ । अस्ट्रेलियास्थित अस्ट्रेलियन प्यासिफिक इनटरनेशनल कलेज र प्यासिफिक हस्पिटालिटी एन्ड कुलिनरी एकेडेमी मैतीदेवीको संयोजकत्वमा नेपाली खाना प्रवर्धन कार्यक्रम हुने भएको हो ।

नेपाली खानालाई विश्वभर प्रचारप्रसार गर्दै आउनुभएका मास्टर सेफ सन्तोष साहको आफ्नै मेनुमा अस्ट्रेलियनलाई नेपाली खानाको स्वाद र परिकारहरू पस्किने बताइएको छ । मे ३ देखी ७ तारेखसम्म नेपाली मेनुमा २० प्रकारका खानाको परिकार र नेपाली एलको स्वाद नमस्ते रेस्टुरेन्टमार्फत पाइने छ । खाना प्रवर्धन कार्यक्रममा टिकट मूल्य प्रतिव्यक्ति १८० देखि २०० अस्ट्रेलियन डलर राखिएको छ । सेफ साहले नेपाली खानाको प्रवर्धनका लागि अस्ट्रेलियामा कार्यक्रम गर्न लागेको जानकारि दिनुभयो । पुस्तकमा मात्रै भनेर र सुनेर होइन नेपाली खानाको स्वाद विदेशीले चाख्न पाउनुपर्छ भनेर नै आफूले अस्ट्रेलियामा नेपाली खानाको प्रवर्धन गर्न लागेको उहाँले बताउनुभयो ।

नमस्ते रेस्टुरेन्टमार्फत नेपाली खाना अस्ट्रेलिया भर प्रचारप्रसार हुनेमा आशावादी रहेको सेफ साहले बताउनुभएको छ । विश्वका विभिन्न देशमा नेपाली खाना बनाएर विदेशीलाई लोभ्याउदै आउनुभएका साह मास्टर सेफ प्रतियोगितादेखी चर्चामा हुनुहुन्छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ