Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaछोरो भेट्न अष्ट्रेलिया आउनुभएकी आमाको विमानस्थलमै निधन, शव नेपाल पठाउन सहयोग गरौँ !

छोरो भेट्न अष्ट्रेलिया आउनुभएकी आमाको विमानस्थलमै निधन, शव नेपाल पठाउन सहयोग गरौँ !


ब्रिजबेन । अष्ट्रेलियामा छोरो भेट्न आएकी एक नेपाली आमाको विमानस्थलमै दुखःद निधन भएको छ । आमाको निधनले बिछिप्त छोराले शव नेपाल पठाउन सहयोग संकलन अभियान थालेर सबैलाई सकेको साथ सहयोग गर्न आह्वान गर्नुभएको छ ।

यस्तो छ घटना विवरण
नेपाल ट्युब अष्ट्रेलियाको सम्पर्कमा आउनुभएका राजु तामाङले आफ्नी आमा ठुलिकान्छी तामाङ सिड्नी विमानस्थलमा आइपुग्दा बेहोस हुनुभएको र एक घण्टा पछि उहाँको दुखद निधन भएको जानकारि गराउनुभएको छ । न्यु साउथ वेल्सस्थित वागावागामा बस्दैआउनुभएका छोरा राजुलाई भेट्न काठमाडौंको सुकेधाराबाट आउनुभएकी ५५ वर्षिया आमाको निधनले सिंगो तामाङ परिवार विछिप्त बनेको छ ।

मृतक ठुलिकान्छीका छोरा राजुसँगको समन्वयमा यतिबेला एनआरएनए अष्ट्रेलियाले आमाको शव स्वदेश (नेपाल) लैजान आर्थिक संकलनका लागि गोफण्ड मी अभियान सुरु गरेको छ । यो अभियान १५ हजार डलर संकलन गरिएपछि रोकिनेछ । शव घर फर्काउन मद्दत खोजिरहेको यो परिवारलाई सकेको सहयोग गरेर शोकलाई शक्तिमा बदल्न यो लिंकमा जानुहोला ।


ट्याग : #Nepali in Australia #australia #nepal #mom #nepaltube #sydney #student #saralgurung, #ठुली कान्सी तामाङ, #राजु तामाङ
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ