Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaभिक्टोरियामा नयाँ सडक नियम : यी अवस्थामा ठाउँको ठाउँ ५ सय ५५ डलर जरिवाना !

भिक्टोरियामा नयाँ सडक नियम : यी अवस्थामा ठाउँको ठाउँ ५ सय ५५ डलर जरिवाना !


ब्रिजबेन । सवारी दुर्घटना रोक्ने उद्देश्यले भिक्टोरिया राज्यमा मोबाइल फोन र अन्य विद्युतिय उपकरणको प्रयोगमा कडाई गरिएको छ । मार्च ३१ बाट लागु हुने परिवर्तित सडक नियम अनुसार कार, मोटरसाईकल लगायतका सवारीसाधन चलाउँदा मोबाइल फोन, हातमा लगाएको स्मार्ट फोन (वा अन्य उपकरण ) छुन समेत नपाइने भएको हो ।

माउन्टमा राखिएको, गाडीको इनबेल्ट स्कृन समेत अनावश्यक रुपमा छुन पाइने छैन । मोवाइल आदान प्रदान समेत गर्न नपाइने भएको छ । चालकसँगै यात्रुले चलाएको मोबाइल फोन र भिजुअल डिस्प्ले हेरेमा समेत कारबाहीको भागिदार हुनुपर्ने भएको छ । मोबाइल फोन प्रयोगका धेरै नियमहरू परिवर्तन गरिएको कानुन मार्च ३१ बाट लागु हुँदैछ । जोखिम बढाउने कुनैपनि गतिबिधि फोन, भिडियो कल, एसएमएस रिसिभ र पठाउने काम गर्नु अबैद्य मानिने छ । अत्यावश्यक अवस्था बाहेकका अडियो फोनमा समेत प्रतिबन्ध लगाइएको छ । ड्राईभ थ्रुमा पैसा तिर्न, नेभिगेटर अत्यधिक चलाउन र गाडीका अन्य फंसनका लागि इनबेल्ट स्कृन चलाउन पाइनेछ । यो नियमन फुल लाइसेन्सको हकमा ल्याइएको हो । लर्नर र पीमा रहेका लाइसेन्सको हकमा थप कडा नियम रहेको छ ।

नयाँ सवारी कानुन उल्लंघन गर्दा यस्तो हुनेछ कारबाही
गाडी चलाउँदा मोबाइल फोन वा अन्य उपकरण को अवैध प्रयोग गरिएमा ठाउँको ठाउँ ५ सय ५५ अष्ट्रेलियन डलर जरिवाना हुनेछ । योसँगै ४ डिमेरिट अंक प्राप्त हुनेछ । यदि सडक नियम उल्लंघनको यो मुद्दा अदालतमा पुगेर सुनुवाइ भयो भने अवैध मोबाइल फोन /उपकरण प्रयोग गर्नेले १ हजार ८४८ डलर जरिवाना तिर्नुपर्ने हुनसक्छ । लर्नर र प्रोबेशनरी ड्राइभरहरूको हकमा आफ्नो इजाजतपत्र/लाइसेन्स नै गुमाउने छन् । एक वर्षमा चार भन्दा बढी डिमेरिट अंकहरू जम्मा गरेमा ३ वर्षमा लाइसेन्स खारेज हुनेछ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ